उधौलीले प्रकृति संरक्षणको सन्देश दिन्छ : मुख्यमन्त्री कार्की
विराटनगर । उधौली पर्वले प्रकृति र मानवबीचको सम्बन्धलाई उजागर गर्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभएको छ ।
आज उधौली पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले प्रकृति पुजक किरात समुदायको यो पर्वले मानव समुदायलाई प्रकृतिप्रति कृतज्ञ हुन प्रेरित गर्ने बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले भन्नुभयो – ‘उधौली पर्वले मानव जीवन र प्रकृतिबिचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्दै म...














