कोशी प्रदेशका सहकारीमा बचतकर्ताको कुल ३३ अर्ब ११ करोड ६ लाख बचत

कोशी प्रदेशका सहकारीमा बचतकर्ताको कुल ३३ अर्ब ११ करोड ६ लाख बचत
विराटनगर २५ मंसिर । कोशी प्रदेशमा रहेका सहकारी संस्थाहरुमा पाँच लाख रुपैयाँसम्म बचत गर्ने बचतकर्ताको आठ लाख २२ हजार तीन सय ११ जना छन् । ती बचतकर्ताले कुल ३३ अर्ब ११ करोड ६ लाख ४४ हजार ९ सय ९७ रुपैयाँ बचत गरेको सहकारी विभागले जनाएको छ । सहकारी संस्थामा तीन लाख र पाँच लाख रुपैयाँसम्म बचत गर्ने बचतकर्ताको संख्या र उनीहरुले बचत गरेको रकमबारे विभागले तथ्यांक मागेको थियो । सोही क्रममा विभागलाई उपल...

माघ ११ गतेदेखि ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’

माघ ११ गतेदेखि ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’
झापा, मंसीर २३ । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ आयोजना हुने भएको छ । नेपालका घरेलु, साना, मझौला, ठूला उद्योगहरूका अतिरिक्त विदेशी बस्तु, पहाडी जिल्लाका खनिजजन्य, कृषिजन्य वस्तुहरूको प्रचार, प्रर्वद्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए । महोत्सव आगामी माघ ११ गतेदेदि २३ गतेसम...

पत्रकार महासंघमा निर्मला शर्मालाई अगाडि सारेपछि कांग्रेसभित्र विद्रोह, रमेश विष्टको सामानान्तर गठबन्धन

पत्रकार महासंघमा निर्मला शर्मालाई अगाडि सारेपछि कांग्रेसभित्र विद्रोह, रमेश विष्टको सामानान्तर गठबन्धन
काठमाडौं - नेपाल पत्रकार महासंघमा गरिएको कांग्रेस-एमालेको गठबन्धनलाई लिएर देशभरि असन्तुष्टि बढेको छ। असन्तुष्टि प्रकट पत्रकार महासंघको केन्द्रीय पदाधिकारीबाटै सुरू भएको छ। मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनका लागि अध्यक्षमा कांग्रेसनिकट प्रेस युनियनका रमेश विष्टले छुट्टै प्यानल बनाएका छन्। एमालेनिकट प्रेस चौतारीबाट निर्मला शर्मालाई गठबन्धनले अध्यक्षमा अगाडि सारेपछि युनियनभित्र...

पक्षघात भएपछि धनगढीका मेयर हमाललाई उपचारका लागि दिल्ली लगियो

पक्षघात भएपछि धनगढीका मेयर हमाललाई उपचारका लागि दिल्ली लगियो
काठमाडौँ— दिमागी पक्षघात भएपछि धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई उपचारका लागि भारतको दिल्ली लगिएको छ। केही दिनदेखि अस्वस्थ रहेका हमाल शुक्रबार धनगढीकै मायामेट्रो अस्पतालमा भर्ना भएका थिए। स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि उनलाई शनिबार दिल्ली लगिएको हो। हमालको उपचारमा संलग्न मायामेट्रो अस्पतालका डा. हरि पौडेलका अनुसार हमाललाई दिमागको पक्षघात भएको छ। धनगढीमा सबै प्रकारले उपचारको...

सास्थमा बिनय बिष्णु के.सी. क्याम्पस प्रमुख

सास्थमा बिनय बिष्णु के.सी. क्याम्पस प्रमुख
विराटनगर । बिगत दुई दशकदेखि सफलतापूर्वक शैक्षिक सेवा प्रदान गर्दै आएको सास्थम कलेजमा नयाँ नेतृत्वका रूपमा बिनय बिष्णु के.सी. क्याम्पस प्रमुख नियुक्त भएका छन्। कलेजले पर्यटन, व्यवस्थापन, र आतिथ्य क्षेत्रमा गुणस्तरीय शिक्षाका लागि ख्याति कमाउँदै आएको छ । के.सी.ले आफ्नो नियुक्तिसँगै कलेजको शैक्षिक गुणस्तरलाई अझ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनका अनुसार, कलेजले आगामी दिनमा विद्यार...

विनायक वोर्डिङ स्कुलले नेपाल स्काउट विनायक स्काउट ट्रुपको दीक्षान्त गर्यो

विनायक वोर्डिङ स्कुलले नेपाल स्काउट विनायक स्काउट ट्रुपको दीक्षान्त गर्यो
विराटनगर / विराटनगर १२ मा रहेको विनायक वोर्डिङ स्कुलले नेपाल स्काउट विनायक स्काउट ट्रुपको दीक्षान्त गरेको छ । शनिबार स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरि स्काउट ट्रुपको दीक्षान्त गरिएको हो । उक्त कार्यक्रममा ३४ जना स्काउट विद्यार्थीलाई सदस्यता र धवलागिरी ब्याचले दीक्षित गरेको विद्यालयका प्रिन्सिपल मिथलेश ठाकुरले बताए । कार्यक्रमका प्रमुख अतिथि नेपाल स्काउट राष्ट्रिय समितिका पूर्व तदर्थ स...

ज्येष्ठ नागरिक सेवा समाजले ज्येष्ठ आमालाई तीर्थयात्रा गरायो 

ज्येष्ठ नागरिक सेवा समाजले ज्येष्ठ आमालाई तीर्थयात्रा गरायो 
विराटनगर ÷ विराटनगर–११ स्थित ज्येष्ठ नागरिक सेवा समाजले ज्येष्ठ नागरिकहरुलाई तीर्थयात्रा गराएको छ । समाजमार्फत ३५ जना ज्येष्ठ आमाहरुलाई ३ दिने तीर्थयात्रा गराइएको हो । विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले तीर्थयात्रामा जाने आमाहरुको विदाई गरेकी थिइन् । उपमेयर कार्कीले आमाहरुको धार्मिक यात्रा सफलताको शुभकामनासमेत व्यक्त गरिन् । समाजकी सदस्य समाजसेवी अनुजा कोइरालाका अनुसार ज्येष...

मोरङमा होटलमै मृत फेला परे अपरिचित ब्यक्ति

मोरङमा होटलमै मृत फेला परे अपरिचित ब्यक्ति
विराटनगर– मोरङको कानेपोखरी बजारस्थित एउटा होटलमा शुक्रबार विहान करिव ४३ वर्षीय पुरुष मृत फेला परेका छन्। कानेपोखरी गाउँपालिका–७ मा रहेको वान्तवा होटलमा मृत फेला परेका पुरुषको पहिचान खुलिसकेको छैन। मृत फेला परेका पुरुष केही समयदेखि कानेपोखरी क्षेत्रमा काम गर्ने गरेको स्थानीयले प्रहरीलाई जानकारी दिएका छन्। उनको पहिचानको प्रयास भईरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ। होटल सञ्चालक डिल्लीश...

सपथग्रहण समारोहबाट पक्राउ परेका वडाध्यक्षमाथि प्रहरीले लगायो हत्या, अपहरण र बलात्कारको चार्ज

सपथग्रहण समारोहबाट पक्राउ परेका वडाध्यक्षमाथि प्रहरीले लगायो हत्या, अपहरण र बलात्कारको चार्ज
राजविराज — सपथग्रहण समारोहबाटै पक्राउ परेका सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष घिरेन्द्रकुमार साहमाथि प्रहरीले हत्या, अपहरण र बलात्कारसहितको चार्ज लगाएर अनुशन्धान सुरु गरेको छ। १६ मंसिरमा सम्पन्न उपनिर्वाचनमा जसपा नेपालबाट उम्मेदवार भई वडाध्यक्षमा निर्वाचित भएका साहलाई प्रहरीले बिहीबार डाक्नेश्वरी–१, मधुवनी टोलबाट पक्राउ गरेको थियो। प्रहरीका अनुसार साहविरुद्ध ०७८ सालमा एक...

पत्रकार महासंघको महाधिवेशनमा उम्मेदवार मनोनयन प्रक्रिया शुरु

पत्रकार महासंघको महाधिवेशनमा उम्मेदवार मनोनयन प्रक्रिया शुरु
नेपाल पत्रकार महासंघको महाधिवेशनका लागि शुक्रबार उम्मेदवारहरूको मनोनयन पत्र दर्ता हुँदैछ। केन्द्रीय समितिको निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयन पत्र दर्ताका लागि समय दिइएको छ। उम्मेदवारको नामावली प्रकाशन शुक्रबार अपराह्न ५ बजे हुनेछ भने मनोनयन पत्र फिर्ता शनिबार बिहान १० बजेभित्र लिइसक्नु पर्नेछ। उम्मेदवारको अन्तिम नामावली शनिबार बिहान ११ बजे प्रकाशि...