एडीवीका योजना छिटो अगाडि बढाइदिन मेयर कोइरालाको आग्रह
विराटनगर ÷संघीय राजधानी काठमाडौंमा रहनुभएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई भेटेर एडीवीलगायतका योजना छिटो अगाडि बढाइदिन आग्रह गर्नुभएको छ ।
उपमेयर शिल्पा निराला कार्की, वडा नम्बर २ का अध्यक्षसमेत रहनुभएका भौतिक पूर्वाधार समितिका संयोजक कुमार पोखरेल, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, भौतिक पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर अर...