निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि सोमबार बिहान चीन प्रस्थान गरेका छन्।
हिमालयन एयरलाइन्सको चार्टर्ड विमानबाट प्रस्थान गरेका प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल सोमबार साँझ चीनको राजधानी बेइजिङ पुग्नेछ।
सरकारी भ्रमण टोलीले राष्ट्रिय ध्वजाबाहक विमान चढेर सरकारी वायुसेवालाई प्रोत्साहन गर्नुपर्नेमा ओलीको भ्रमणले निजी क्षेत्रको विमान चार्टर्ड गरेको हो।
...