एवीसी नेपालद्वारा तीन महिनामा ५५ जनालाई मनोपरामर्श
विराटनगर ÷ एवीसी नेपाल विराटनगरले पछिल्लो तीन महिनामा ५५ जनालाई विभिन्न सेवा उपलब्ध गराएको छ ।
लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाअन्तर्गत दोस्रो चरण सरोकारवालाहरुँगको पैरवी बैठकमा एवीसी नेपालकी अध्यक्ष विष्णु शर्माले विभिन्न जिल्लाका ५५ जनालाई १ सय २१ प्रकारका सेवा उपलब्ध गराएको जानकारी दिनुभयो । उहाँले बलात्कार, यौन दुव्र्यहार, पारिवारिक हिंसालगायतका सेवा उपलब्ध गराएको...














