सन्दीप लामिछानेलाई सफाइ दिने उच्चको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय सर्वोच्न जाने
काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेलाई जबरजस्ती करणीको आरोपबाट सफाइ दिने उच्च अदालत पाटनको फैसलाविरुद्ध सर्वोच्च अदालतमा जाने निर्णय गरेको छ ।
महान्यायाधिवक्ता कार्यालयले उच्च सरकारी वकिलको कार्यालयको रायसहितको फाइल अध्ययनपछि मुद्दाको पुनरावेदन गर्ने निर्णय गरेको हो । उच्च सरकारी वकिलको कार्यालय पाटनले फैसलाको पूर्णपाठ आएपछि महान्यायाधिवक्ता कार्यालयमा फैसलाविरुद्ध प...














