उपरथी शाहलाई दर्ज्यानी चिन्ह प्रदान

उपरथी शाहलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ । उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी ध्रुव प्रकाश शाहलाई प्रधान सेनापति अशोकराज सिग्देलले जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । पदोन्नतिसँगै उपरथी शाह सैनिक तालिम महानिर्देशनालयको महानिर्देशकमा नियुक्त भएका छन् । प्रधान सेनापतिले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका महासेनानी अनुप अधिकारीलाई सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह एवं महासेनानी...

महानगरद्वारा अपाङ्गताका क्षेत्रमा कार्य गर्ने करुणा फाउण्डेसन सम्मानित

महानगरद्वारा अपाङ्गताका क्षेत्रमा कार्य गर्ने करुणा फाउण्डेसन सम्मानित
विराटनगर ÷ विराटनगर महानगरपालिकाले अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनका लागि साझेदार संस्थाका रुपमा रहेको करुणा फाउण्डेसन नेपाललाई सम्मान गरेको छ । विराटनगर महानगरपालिकाको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यमा फाउण्डेसनले महत्वपूर्ण भूमिका खेलेको भन्दै महानगरले सम्मान गरेको हो । मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले फाउण्डेसनका निर्देशक दीपक सापकोटा, योगेन्द्र गिरील...

कोशी प्रदेश खेलकुद विकास बोर्डको कार्यालय भवन स्थानान्तरण

कोशी प्रदेश खेलकुद विकास बोर्डको कार्यालय भवन स्थानान्तरण
विराटनगर २६ भदाै। कोशी प्रदेश खेलकुद बिकास बोर्डको कार्यालय भवन स्थानान्तरण गरिएको छ । आज खेलकुद बिकास बोर्डको नयाँ कार्यालय भवनको विधिवत उद्घाटन गरी कार्यालय भवन स्थानान्तरण गरिएको हो । कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा खेलकुद विकास बोर्डका अध्यक्ष पाँचकर्ण राईले कार्यालयको उद्घाटन गर्नु भएको हो । मन्त्री राईले भवन उद्घाटन गर्दै बोर्डका सदस्य सचिव तथा बोर्ड सदस्यहरू र कर्मचारीको प...

दशैँका लागि असोज १३ गतेदेखि सुकिला र सफा नोट साट्न सकिने

दशैँका लागि असोज १३ गतेदेखि सुकिला र सफा नोट साट्न सकिने
काठमाण्डाै – यस वर्षको दशैँका लागि आउँदो असोज १३ गतेदेखि सुकिला र सफा नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि असोज १३ गते आइतवारदेखि सुकिला नोट सटहीको व्यवस्था मिलाउने अन्तिम तयारी गरेको छ । राष्ट्र बैंकले केन्द्रीय कार्यालय, प्रदेशका कार्यालय तथा अन्य बैंकहरूबाट नोट साट्न सकिने गरी व्यवस्था मिलाएको जनाएको छ । राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लिराम पोखेरलका अनुसार अ...

सुनसरीबाट करीब ४८० केजी गाँजा बरामद

सुनसरीबाट करीब ४८० केजी गाँजा बरामद
सुनसरी । सुनसरी जिल्लाको भोक्राहा नरसिँह गाउँपालिका–८ स्थित हुलाकी मार्गबाट भाद्र २६ गते सशस्त्र प्रहरीले २ सय ३५ केजी गाँजासहित बोलेरो गाडी नियन्त्रणमा लिएको छ । सोही गाउँपालिकाको फुलचोकबाट दक्षिण सीमा ईलाकातर्फ जादै गरेको बा ९ च ७१६६ नम्बरको बोलेरो गाडीमा लुकाई छिपाई राखेको अबस्थामा ८ बोरा प्रतिबन्धित लागूऔषध गाँजा बिओपी लौकही र सुरक्षा बेश भुटाहाको टोलीले बरामद गरेको हो । सशस्त्र प्रहरीले...

कलाकार भिसामा विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा कलाकार ‘इकु’ पक्राउ

कलाकार भिसामा विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा कलाकार ‘इकु’ पक्राउ
काठमाण्डाै – नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले कलाकार भिसामा विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रकम ठगी गरेको अभियोगमा कलाकार सुलेमान शङ्कर (इकु) लाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सुलेमानलाई सांस्कृतिक कार्यक्रममा कलाकार भिसामा क्यानडा, अस्ट्रेलिया तथा युरोपेली देशमा लैजाने भन्दै विभिन्न व्यक्तिबाट लाखाैं रुपैयाँ ठगी गरेको अभियोगका आधारमा पक्राउ गरिएको सीआईब...

कोशी प्रदेशमा पहिलो पटक हुन लागेको कृषि एक्स्पोको सम्पूर्ण तयारी पूरा

कोशी प्रदेशमा पहिलो पटक हुन लागेको कृषि एक्स्पोको सम्पूर्ण तयारी पूरा
विराटनगर २५ कोशी प्रदेशमा पहिलो पटक हुन लागेको कृषि एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी बिहीबारदेखि आइतबारसम्म कृषि थोक बजार कटहरीमा हुन लागेको कृषि एक्स्पोको सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिएको हो । कोशी प्रदेशमा प्रादेशिक अर्थतन्त्रको एकतिहाइभन्दा बढी हिस्सा ओगट्ने कृषिजन्य उत्पादनको वृद्धि, बजारीकरण, रोजगारी सिर्जना र राष्ट्रिय अर्थतन्त्रको विस्तार...

हुलाकी सडक फागुनभित्र कालोपत्रे गरिसक्ने निर्माण व्यवसायीको प्रतिबद्धता

हुलाकी सडक फागुनभित्र कालोपत्रे गरिसक्ने निर्माण व्यवसायीको प्रतिबद्धता
विराटनगर ÷ विराटनगर–४ र ५ नम्बर वडाको सिमानास्थित जामुनगाछी–केसलिया हुलाकी सडक आगामी फागुनभित्र कालोपत्रे गरिसक्ने निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन् । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको पहल र मोरङका प्रमुख जिल्ला प्रेमप्रसाद भट्टराईको समन्वयमा मंगलबार स्थानीयवासी, निर्माण व्यवसायी र हुलाकी सडक आयोजना प्रमुखसहितको छलफलमा निर्माण व्यवसायी वासु उप्रेतीले फागुनभित्र कालोपत्रे गर...

आजदेखि केदार कार्कीकाे अनशन

आजदेखि केदार कार्कीकाे अनशन
विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की आज अनशन बस्दैछन् । १० वर्ष मुनिका बालबालिकाका लागि विशिष्टीकृत सेवा निशुल्क हुनुपर्ने मागसहित दिउँसो ४ बजेबाट अनशन बस्न लागेका हुन् । उनले माग सम्बाेधन नभएसम्म अनशन बस्ने बताए । कार्कीको अनशनबारे नेपाली कांग्रेस संसदीय दलले कुनै प्रतिक्रिया दिएको छैन । सरकारले भने कार्कीको उठाएको माग बजेटमै समावेश भइसकेका कारण अनशनको औचित्य नरहेको बताएको ...

भदौ २५ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

भदौ २५ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कीर्तिमानी काम सम्पादन हुन सक्छ । विभिन्न अवसर पाइनेछ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । सानातिना समस्या आइरहेपनि दिन मनोरञ्जनपूर्ण रहनेछ । पढाइ लेखाइमा प्रगति हु...