मान्यको अस्पतालमा बिरामीलाई छैन ‘प्रेसक्रिप्सन’
नेपालीमा एउटा उखान छ, ‘जसको शक्ति, उसैको भक्ति ।’ कांग्रेस सांसद डा. सुनील शर्माको अस्पतालले दिनदहाडै हजारौं बिरामीलाई लुटिरहेको छ । तर, नियामक निकाय भने बेखबर ।
डा. शर्माको काठमाडौं मेडिकल कलेज (केएमसी) सञ्चालनमा आएको लामो समय भइसकेको छ । सन् १९९७ मा स्थापित सो अस्पतालले आफ्नै फार्मेसीबाट औषधि किन्नुपर्ने नियम लागू गरेको छ । बिरामीका आफन्तले बाहिरबाट औषधि ल्याउँछु भन्दा पाउँदैनन् । चिकित्सकले ...














