किन भयो चलचित्र ‘दिमाग खराब’को प्रदर्शन स्थगित गर्ने घोषणा?
काठमाडौं- हलहरुले कम शो दिएको भन्दै चलचित्र दिमाग खराब निर्माण टोलीले चलचित्र प्रदर्शन रोक्ने घोषणा गरेको छ। बिहीबारसम्म पनि भारतीय चलचित्रहरु बराबर शो नदिए शुक्रबारदेखि चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय भएको निर्देशक निश्चल बस्नेतले बताए।
‘उत्साहका साथ मानिसहरु आइरहनु भए पनि कम शोमा चित्त बुझाउनुपर्ने ?’, बस्नेतले फेसबुक लाइभ गर्दै भनेका छन्, ‘जबसम्म हाम्रो लगानी सुरक्षित गर्ने वातावरण पा...














