फिल्म ‘सानो संसार’ को शुभमुहूर्त, दशैमा प्रदर्शन हुने
काठमाडौँ । ‘चपली हाइट’ फेम निर्माता अर्जुन कुमारले सानो संसार नामको फिल्मको निर्माण गर्न लागेका हुन् । शुक्रबार बिहान कमलादीस्थित गणेश मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको निर्माण घोषणा गरिएको छ ।
फिल्ममा मुख्य भूमिकामा देखिन लागेकी सीतादेवी तिमल्सिना (केदार घिमिरे ‘माग्ने बुढा’की श्रीमती) ले मुहूर्त सट दिएकी थिइन् ।
सिद्धार्थ पुडासैनीको डेब्यु निर्देशनमा बन्न लागेको फिल्ममा सीतादेवीसहित राज पं...














