‘पर्खी बसेँ तिमीलाई’को फस्टलुकमा शिवदेखि किरण र रक्षासम्म
निर्देशक दीपक श्रेष्ठको निर्देशनमा तयार भएको नयाँ फिल्म ‘पर्खी बसेँ तिमीलाई’को दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक भएका दुई पोष्टरमा मुख्य कलाकारहरूको रोमान्टिक भावदेखि प्रेमले निम्त्याएको वेदना समेत प्रस्तुत गरिएको छ ।
निर्देशक श्रेष्ठको २७ औं फिल्ममा मुख्य कलाकारको रुपमा किरण श्रेष्ठ र रक्षा बुढाथोकीले डेब्यू गर्दैछन् । विशुद्ध प्रेमकथामा निर्माण भएको यो फिल्मबाट डेब्यू गर्न लागेका...














