फ्राइडे रिलिज: नेपाली बक्सअफिसमा ‘एक भागवत् र एक गीता’ र ‘नाङ्गो गाउँ’
आजदेखि दुई नयाँ नेपाली फिल्म ‘एक भागवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा आएका छन् । आउँदो हरितालिका तीजलाई लक्षित गर्दै दुवै फिल्म प्रदर्शन गरिएका हुन् । सामाजिक विषयवस्तुमा आधारित भए पनि प्रस्तुतीकरणका कारण दुवै फिल्मका लक्षित दर्शक फरक छन् ।
नेपाली फिल्ममा नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेतामध्येका एक विपीन कार्कीले फिल्म ‘एक भागवत् र एक गीता’ (सामाजिक प्रेमकथा)’मा ‘...














