दिल्लीको होटलमा बसेर क्यानडा र अमेरिकामा मानव तस्करी

दिल्लीको होटलमा बसेर क्यानडा र अमेरिकामा मानव तस्करी
काठमाडौं-  दिल्ली बसेर अमेरिका र क्यानडा लैजाने भन्दै संगठित रूपमा मानव तस्करी गर्ने समूह प्रहरीको फन्दामा परेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले समूहका तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ओखलढुंगा खिजिदेम्बा गाउँपालिका-२ का ४८ वर्षीय जगतबहादुर तामाङ, तनहुँ ऋषिङ्ग गाउँपालिका-२ का ४६ वर्षीय विष्णुबहादुर बराली र सोही ठाउँका ४८ वर्षीय जंगबहादुर विक रहेका छन्। उनीह...

समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरीले समुदायसँग मिलेर अगाडि बढ्नु पर्ने- प्रदेश प्रहरी प्रमुख चन्द्र कुवेर खापुङ

समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरीले समुदायसँग मिलेर अगाडि बढ्नु पर्ने- प्रदेश प्रहरी प्रमुख चन्द्र कुवेर खापुङ
ओखलढुंगा, बैशाख ३१ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङले जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण भ्रमणको क्रममा कार्यरत प्रहरी कर्मचारीहरुलाई समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरीले समुदायसँग मिलेर अगाडि बढ्नु पर्ने निर्देशन दिनु भएको छ । आज बिहान भएको निरीक्षण कार्यक्रममा वहाँले कार्यालय भवन, सम्पुर्ण शाखाहरु, मेस, क्यान्टिन लगायत हिरासत कक्षको समेत...

काठमाडौंको बत्तिसपुतलीमा एक युवाको हत्या, चारजना पक्राउ

काठमाडौंको बत्तिसपुतलीमा एक युवाको हत्या, चारजना पक्राउ
काठमाडौं : काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ। गएराति मोरङ घर भई कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको हो। धिमालको हत्यामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरे जानकारी दिए। उनको हत्याको कारण भने खुलेको छैन। धिमाललाई गएराति नै सिनामंगलस्थित केएमसी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोष...

इन्डोनेसियन नेशनल पुलिस हेडद्धारा सशस्त्रको प्रधान कार्यालयको अवलोकन

इन्डोनेसियन नेशनल पुलिस हेडद्धारा सशस्त्रको प्रधान कार्यालयको अवलोकन
काठमाडौँ  । इन्डोनेसियन नेशनल पुलिस हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजनका प्रमुख आइजीपी कृष्ण मुर्तीसहितको ६ सदस्यीय टोलीले बैशाख २० गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको अवलोकन भ्रमण गरेका छन् । सो अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा आइजीपी कृष्ण मुर्तीले इन्डोनेसियन नेशनल पुलिसको बारेमा जानकारी गराउदै संयुक्त राष्ट्र संघीय मिशन तालिम लगायत अन्य विविध तालिमहरुमा समेत दुई देश बीच सुरक्...

मोरङमा एक महिलाको शव फेला

मोरङमा एक महिलाको शव फेला
विराटनगर, २० वैशाख । मोरङको सुन्दरहरैंचामा विभत्स अवस्थामा एक महिलाको शव फेला परेको छ। सुन्दरहरैंचा नगरपालिका–५ गोर्खाली टोलकी ४५ वर्षीया मनमाया तामाङको शव आफ्नै घरभित्र अर्धनग्न अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। महिलाको शव फेला परे पनि उनका श्रीमान् ५० वर्षीय पदमबहादुर तामाङ फरार रहेका छन्। मनमायाको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।

पत्रकार महासंघले भन्यो- सर्वोच्चको आदेश संबिधानको भावनासँग बाझियो

पत्रकार महासंघले भन्यो- सर्वोच्चको आदेश संबिधानको भावनासँग बाझियो
काठमाडौँ ।  सर्वोच्च अदालतले सिधा कुरा डटकमको‘द डार्क फाइल’ शृङ्खलाअन्तर्गत प्रकाशित सामग्री तथा त्यस सन्दर्भमा चालेको कदम र त्यस सन्दर्भमा दिएको पछिल्लो आदेशलाई नेपाल पत्रकार महासंघले गम्भीर चासो व्यक्त गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै महासंघले प्रचलित विधि र अभ्यासलाई बेवास्ता गरेर सञ्चार सामग्री प्रवाह गरेकै विषयलाई फौजदारी कानुन आकर्षित गरी त्यस आधारमा मनासाय जोकोहीबाट पनि प्रकट हु...

झापामा प्रहरी र लागुऔषध कारोबारीबीच भिडन्त, प्रहरीको गोली लागेर एक घाइते

झापामा प्रहरी र लागुऔषध कारोबारीबीच भिडन्त, प्रहरीको गोली लागेर एक घाइते
झापा । लागुऔषध कारोबारीलाई पक्राउ गर्न खोज्ने क्रममा झापामा दोहोरो भिडन्त भएको छ। भिडन्तमा प्रहरीको गोली लागेर एक कारोबारी घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्ण चन्दका अनुसार घाइते हुनेमा करिब ३२ वर्षका अब्दुक सरिक मियाँ रहेका छन्। उनको खुट्टामा गोली लागेको बताइएको छ। झापा गाउँपालिका वडा नम्बर ६ स्थित नेपाल–भारत सीमानजिकै लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली...

वृद्धबाट भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत

वृद्धबाट भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत
भक्तपुर, १७ बैशाख. । भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन्।  भक्तपुर नगरपालिका-३ खौमा बस्ने ६१ वर्षीय लक्ष्मी प्रसाद फाजुलाई बलात्कार आरोपमा प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो।  फाजुले ती बालिकालाई पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएको प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ। यस सम्बन्धमा ...

जब अन्धविश्वासी रूसी यु-टयुबरले महिना दिनको बच्चालाई भोकै मारे….

जब अन्धविश्वासी रूसी यु-टयुबरले महिना दिनको बच्चालाई भोकै मारे….
मस्को, ६ बैशाख । रुसका एक फुड ब्लगर र सोशल मिडियामा चर्चित म्याक्सिम ल्युटीले आफ्नो एक महिनाको छोरालाई यति धेरै यातना दिए कि उसको ज्यान नै गएको छ ।    वास्तवमा ल्युतीले छोरालाई भोकै राख्ने गरेका थिए । दूध वा खाना दिनुको सट्टा उसको शरीर बलियो बनोस् र अलौकिक शक्ति प्राप्त होस् भनेर घाममा धेरै बेर बसाउँथे । तर यी सबैका कारण बच्चा कुपोषणको सिकार भयो र अन्ततः उनको मृत्यु भयो ।   अब यस मुद्द...

बुद्धचित्तको रुख काट्ने अपराध गरेको अभियोगमा दुई जना पक्राउ

बुद्धचित्तको रुख काट्ने अपराध गरेको अभियोगमा दुई जना पक्राउ
काभ्रे, २ बैशाख । काभ्रेको रोशीमा बुद्धचित्तको रुख काटेको अभियोगमा फेरि एक जनालाई पक्राउ गरेको छ । काठमाडौको बनस्थलीबाट प्रभात तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । काठमाडौंबाट पक्राउ परेका प्रभातलाई राति नै प्रहरीले काभ्रे ल्याई सोधपुछ थालेको बताइन्छ । यस अघि सोही अपराध गरेकाे अभियोगमा मानबहादुर तामाङ भन्ने सिजनलाई प्रहरीले पक्राउ गरेको थियो । दुबै जनालाई आज म्याद थप...