नेप्से हालसम्मकै उच्च बिन्दुमा, बजार पूँजीकरण ४४ खर्ब ६८ अर्ब
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालोको यात्रा तय गरेको नेप्से आज नयाँ उचाइमा पुगेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
शेयर कारोबार हुने साताको चौथो दिन आज नेप्से ३२.०४ बिन्दुले बढेर तीन हजार १९२.३५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.३८ बिन्दुले बढेर ५...