नेपाल टी–२० लिग : लुम्बिनी अल स्टार्स फाइनलमा

नेपाल टी–२० लिग : लुम्बिनी अल स्टार्स फाइनलमा
काठमाडौं । लुम्बिनी अल स्टार्स नेपाल टी–२० लिगको फाइनल प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले जनकपुर रोयल्सलाई ६ रनले पराजित गर्दै फाइनलको यात्रा सुरक्षित गरेको हो ।  लुम्बिनीले दिएको १४४ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३७ रन मात्रै जोड्दा पराजय व्यहोर्‍यो ।  लुम्बिनीका इशान पाण्डेले सर्वाधिक...

विश्वकपको गोल्डेन बल, बुट र ग्लोभ कसले पाउँछ ?

विश्वकपको गोल्डेन बल, बुट र ग्लोभ कसले पाउँछ ?
३ पौष ,एजेन्सी । कतार विश्वकपको उपाधिको छिनोफानो आज मध्यराति हुने गत विजेता फ्रान्स र अर्जेन्टिनाको भिडन्तले टुङ्गो लाग्दैगर्दा विश्वकपका विभिन्न विधामा को सर्वाेत्कृष्ट होला भन्ने कौतुहलता पनि विश्वभर बढिरहेको छ । फिफाले विश्वकपमा प्रदान गर्ने गोल्डेन बल, गोल्डेन बुट, गोल्डेन ग्लोभ्स, फिफा योङ प्लेयर र फेयर प्ले अवार्ड कसले पाउला भन्ने जिज्ञाशाका बीच केही विधाका संभावित खेलाडी भने जारी विश्वकपमा...

विश्वकप समापनमा दीपिकाले गरिन् ट्रफी अनावरण, नोराले गाइन्

विश्वकप समापनमा दीपिकाले गरिन् ट्रफी अनावरण, नोराले गाइन्
आइतबार राति कतारमा सम्पन्न फिफा विश्वकप फुटबलको फाइनल खेलमा बलिउड स्टारहरु पनि चम्किए । कतारको लुसैल रंगशालामा दीपिका पादुकोणदेखि नोरा फतेहीसम्म आकर्षणको केन्द्र बने । विश्व फेसन ब्राण्ड लुइस भिटनकी व्यावसायिक दूत समेत रहेकी दीपिकाले विश्वकपको चम्किलो ट्रफी अनावरण गरिन् । अर्जेन्टिना र फ्रान्सबीचको खेल हेर्न दीपिकाका पति तथा अभिनेता रणवीर सिंह पनि दोहा पुगेका थिए । दीपिका अभिनित फिल्म ‘पठा...

साविक विजेता फ्रान्स क्वाटरफाइनलमा

साविक विजेता फ्रान्स क्वाटरफाइनलमा
काठमाडौं, १९ मंसिर पोल्यान्डलाई ३–१ ले हराउँदै साबिकको विजेता फ्रान्स कतार विश्वकप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।  आइतबार स्ट्राइकर ओलिभर जिरौउडले सर्वकालिन गोलकर्ताको कीर्तिमान बनाउन सफल भए । उनले थिएरी हेनरीको नाममा रहेको ५१ गोलको कीर्तिमान भंग गरेका थिए ।  दोहास्थित अल थुमामा मैदानमा जिरौउडले एक गोल गर्दा युवा स्ट्राइकर केलियन एम्बाप्पेले दुईगोल गरेका थिए । जारी विश्वकपमा उनि स...

मोरक्कोसँग बेल्जियम २–० ले पराजित

मोरक्कोसँग बेल्जियम २–० ले पराजित
दोहा, ११ मंसिर विश्व वरियताको दोस्रो स्थानको बेल्जियम कतारमा जारी विश्वकपमा मोरोक्कोसँग २–० गोलले पराजित भएको छ । अल थुमामा रंगशालामा सम्पन्न खेलमा आफूभन्दा २० बरियता तलको मोरक्कोसँग बेल्जियम पराजित भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७३औं मिनेटमा अब्देलहामिद साबिरीले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । रोमाञ्चक खेलमा बेल्जियमले पाएको अवसर सदुपयोग गर्न नसक्दा हारबाट जो...

विश्व कप फुटबलमा आज चार वटा खेल : इङ्ग्ल्यान्ड र अमेरिका खेल्दै

विश्व कप फुटबलमा आज चार वटा खेल : इङ्ग्ल्यान्ड र अमेरिका खेल्दै
काठमाण्डाै - फिफा विश्व कप फुटबलमा आज चार वटा खेलहरु हुँदैछन् । आज समूह चरण अन्तर्गत समह ‘ए’ र समूह ‘बी’ का दुई/दुई खेलहरु हुनेछन् । आजको पहिलो खेलमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे समूह ‘बी’ को इरान र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । वेल्सले पहिलो खेलमा अमेरिकासँग बराबरी खेलेको थियो भने इरान इङ्ग्ल्यान्डसँग ६–२ गोलको फराकिलो अन्तरले पराजित भएको थियो । आज हुने दोस्रो खेलमा समूह ‘ए’ को कता...

पोर्चुगलको रोमाञ्चक जित, रोनाल्डोको कीर्तिमान

पोर्चुगलको रोमाञ्चक जित, रोनाल्डोको कीर्तिमान
काठमाडौं, ९ मंसिर  पोर्चुगलले बिहीबार अफ्रिकी टोली घानामाथि ३–२ को जित दर्ता गराउँदै कतार विश्वकप २०२२ को सुखद सुरुआत गरेको छ । यसखेलसँगै क्रिस्टियानो रोनाल्डोले विश्वकपका पाँच फरक संस्करणमा गोल गर्ने कीर्तिमान बनाएका छन् ।  रोनाल्डोले सन् २००६ जर्मन विश्वकपदेखि लगातार गोल गरेका छन् । घानाविरुद्ध रोनाल्डोले पेनाल्टीमा गोल गरेका थिए । घानासँगको गोलसँगै विश्वकपमा उनको गोलसंख्या आठ पुगेको छ । रोन...

विश्वकपमा क्रोएसिया र मोरोक्कोबीच गोलरहित बराबरी

विश्वकपमा क्रोएसिया र मोरोक्कोबीच गोलरहित बराबरी
काठमाडौं, ७ मंसिर सन् २०१८ मा रसियामा सम्पन्न भएको फिफा विश्वकपको उपविजेता क्रोएसियाले कतारमा जारी २२औं संस्करणको सुरुवाति खेल मोरोक्कोसँग बराबरी खेलेको छ । खेलमा क्रोएसियाले विपक्षीको पोस्टमा ५ पटक प्रयास गरे पनि उसका कुनै प्रयास सफल भएनन् । यता मोरोक्कोले क्रोएसियाको पोस्टमा ८ प्रहार गर्दा दुई प्रहार पोस्टको दिशामा रहे पनि गोलमा परिणत हुन सकेनन् । खेल अवधिभर ६५ प्रतिशत समय बलमा नियन्त...

साउदीसँग अर्जेन्टिना पराजित

साउदीसँग अर्जेन्टिना पराजित
काठमाडौं, ६ मंसिर कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो खेलमै अर्जेन्टिनाले साउदीसँग हार व्यहोरेको छ । मंगलबार भएको खेलमा साउदी अरेबियासँग २-१ गोलअन्तरले पराजित हुँदै अर्जेन्टिनाले हार व्यहोरेको हो । लुसाइल स्टेडियममा साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध पुनरागमन गर्दै जित निकालेको हो । प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता अर्जेन्टिनाले बनाएको थियो । कप्तान लियोनल मेस्सीले १०औं मिनेटमा पे...

विश्वकप हेर्न अतिरिक्त ५०० शुल्क लिने मिडिया हबको निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश

विश्वकप हेर्न अतिरिक्त ५०० शुल्क लिने मिडिया हबको निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश
काठमाडौं, २२ कात्तिक कतारमा हुने विश्वकप फुटबल हेर्न अतिरिक्त ५०० रुपैयाँ लिने मिडिया हबको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ । विश्वकप फुटबल हेर्नका लागि नेपाली प्रतिग्राहकबाट अतिरिक्त ५०० रूपैयाँ असूल्ने मिडिया हबको निर्णय तत्काल कार्यान्वयन नगर्न न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो । अधिवक्ता किशोर पौ...