नेपालले टी ट्वान्टी वरीयतामा आयरल्याण्डलाई उछिन्यो

नेपालले टी ट्वान्टी वरीयतामा आयरल्याण्डलाई उछिन्यो
काठमाडौं, साउन ११ गते । नेपाल अन्तर्राष्ट्रिय टी ट्वान्टी क्रिकेट वरीयतामा आयरल्याण्डलाई उछिनेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले जारी गरेको नयाँ वरीयतामा नेपाल १२ औं स्थानमा उक्लेको छ । यसअघि नेपाल १३ औं स्थानमा रहेको थियो । आईसीसीले आइतबार अन्तर्राष्ट्रिय टी ट्वान्टीको नयाँ वरीयता सार्वजनिक गरेको हो । आयरल्याण्डलाई उछिनेपछि एशोसिएट राष्ट्रहरुमा नेपाल अन्तर्राष्ट्रिय टी ट्वान...

पाकिस्तानका पूर्वकप्तान अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने

पाकिस्तानका पूर्वकप्तान अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने
पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्नुहुने भएको छ । छयालिस वर्षीय अलराउण्डर अफ्रिदीले आगामी असोज ९ गतेदेखि काठमाडौँमा सञ्चालन हुने टी–२० एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौँ किंग्स–११ बाट खेल्ने तय भएको हो । काठमाडौँ किंग्स–११ ले आज कार्यक्रमको आयोजना गरी पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान अफ्रिदीलाई आफ्नो टोलीमा अनुबन्ध गरेको जानकारी दिएको छ ।...

फुटबलका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा घोषणा

फुटबलका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा घोषणा
१० साउन, काठमाडौं । नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिएको घोषणा गरेका छन् । उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको बताएका छन् । यसको जानकारी उनले फेसबुकमार्फत् दिएका छन् ।कुबेती प्रो–लाइसेन्स प्राप्त अलमुताइरी गत २०७७ सालको चैत महिनामा नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

क्यान र डिशहोमबीच सम्झौता

क्यान र डिशहोमबीच सम्झौता
घरेलु क्रिकेट प्रतियोगिताको उत्पादन तथा प्रसारणका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेडबीच सम्झौता भएको छ । क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह र डिश मिडियाका प्रबन्ध निर्देशक सुदीप आचार्यले आज सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । क्यानले आयोजना गर्ने प्रतियोगिताको प्रत्यक्ष प्रसारण अब एक्सन स्पोटर््सबाट हुने कोषाध्यक्ष सिंहले जानकारी दिए । सम्झौतानुसार क्यानले आयोज...

टोकियो ओलम्पिकको भव्य उद्घाटन, नाओमी ओशाकाले गरिन् दीप प्रज्वलन

टोकियो ओलम्पिकको भव्य उद्घाटन, नाओमी ओशाकाले गरिन् दीप प्रज्वलन
जापानी टेनिस खेलाडी नाओमी ओशाकाले दीप प्रज्वलन गरेसँगै टोकियो ओलम्पिकको औपचारिक उद्घाटन भएको छ । ओशाका चार पटककी ग्रान्ड स्लाम टेनिस विजेता हुन् । जापानी सम्राट निरुहितो र ओलम्पिक कमिटीका अध्यक्ष थोमस वाचसहितको टोली रंगशाला छिरेसँगै उद्घाटन समारोह सुरु भएको थियो । कोरोना भाइरस महामारीका कारण एक वर्षपछि धकेलिएको प्रतियोगिताको उद्घाटन शुक्रबार हो । उद्घाटन समारोहमा कोभिड १९ बाट प्रताडित भएका मानिस ...

अर्जेन्टिनाका मीडफिल्डर रोड्रिगो पौल एटलेटिको मड्रिडमा आबद्ध भए

अर्जेन्टिनाका मीडफिल्डर रोड्रिगो पौल एटलेटिको मड्रिडमा आबद्ध भए
काठमाडौं, असार २९ गते । ला लिगाको च्याम्पियन एटलेटिको मड्रिडले अर्जेन्टिनाका मीडफिल्डर रोड्रिगो डे पौलले पाँच वर्षका लागि अनुबन्धन गरेको छ । डे पौल यसअघि यूडानिजमा आबद्ध हुनुहुन्थ्यो । २७ वर्षीय मीडफिल्डर डे पौल कोपा अमेरिका २०२१ को उपाधि जित्ने अर्जेन्टाइन टोलिका सदस्य हुनुहुन्छ । स्पेनिस सञ्चारमाध्यमले एटलेटिको मड्रिडले सिरी ए क्लबका एटलेटिकोले डे पौललाई तीन करोड ५० लाख पाउन्ड तिरेको छ । डे पौ...

राष्ट्रिय फुटबल टिमका २० जनामा कोरोना संक्रमण

राष्ट्रिय फुटबल टिमका २० जनामा कोरोना संक्रमण
आजदेखि सुरु हुने भनिएको राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडी र अफिसियलसहित २० जनामा कोरोना देखिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबारदेखि शुरु गर्ने भनिएको बन्द प्रशिक्षण यही कारण स्थगित भएको छ । एन्फा प्रवक्ता किरण राईले प्रशिक्षणअघि गरिएको परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको बताए । ‘खेलाडी र अफिसियलसहित २० जनामा कोरोना पोजेटिभ देखिएको छ’ उनले भने । राईले स...

पहिलाे एक दिवसीय क्रिकेटमा श्रीलङ्कालाई हराउँदै इंग्ल्याण्ड विजयी

पहिलाे एक दिवसीय क्रिकेटमा श्रीलङ्कालाई हराउँदै इंग्ल्याण्ड विजयी
काठमाण्डाै – घरेलु टिम इंग्ल्याण्डले पहिलो एक दिवसीय क्रिकेटमा श्रीलंकालाई हराएको छ । रिभरसाइट मैदानमा मंगलबार भएको खेलमा इंग्ल्याण्डले श्रीलंकालाई ५ विकेटले हराएको हो । श्रीलंकाले दिएको १ सय ८६ रनको सामान्य लक्ष्य इंग्ल्याण्डले ३४ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । इंग्ल्याण्डको जितमा जोय रुटले अविजित ७९ रन बनाए । श्रीलंकाका दुश्मन्था चामिराले ३ विकेट लिए । पहिले ब्याटिङ गरेको श्रीलंकाले ४...

श्रीलंका क्रिकेट टोलीका तीन खेलाडीलाई घर फर्काइयो

श्रीलंका क्रिकेट टोलीका तीन खेलाडीलाई घर फर्काइयो
एजेन्सी।तीन खेलको एकदिवसीय र तीन खेलको टी-२० शृङ्खलाका लागि इंग्ल्यान्ड पुगेको श्रीलंका क्रिकेट टोलीका तीन खेलाडीलाई घर फर्काइएको छ।श्रीलंका क्रिकेटले उपकप्तान कुशल मेन्डिस,ओपनर दनुश्का गुनाथलिका र विकेटकिपर निरोशन डिक्वेलाले कोरोना भाईरसको प्रोटोकल उलंघन गरेपछि तीनै जनालाई घर फर्काएको हो।तीनै खेलाडीको बायो बबल्सको नियम उलंघन गर्दै सार्वजनिक स्थान डुरहाम सिटी सेन्टर पुगेको तस्बिर सामाजिक सञ्जालमा ...

युरोकपमा अन्तिम १६ का खेल सकिँदै, आज कुन कुन टिम भिड्दैछन् ?

युरोकपमा अन्तिम १६ का खेल सकिँदै, आज कुन कुन टिम भिड्दैछन् ?
एजेन्सी । युरोकप फुटबलमा आज पनि दुई खेल हुँदैछन् । आज हुने दुई खेलसँगै अन्तिम-१६ का सबै खेल सकिने छन् । आजको पहिलो खेलमा इंग्ल्यान्ड र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल स्वीडेन र युक्रेनबीच हुनेछ । इंग्ल्यान्ड र जर्मनीबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहनेछन् । इग्न्ल्यांडले समूह ‘डी’ बाट अपराजित रहदै समूह विजेताको रुपमा अन्तिम १६ मा...