दाङमा खुमबहादुर खड्का स्मृति राष्ट्रिय टेबलटेनिस प्रतियोगिता सुरु
दाङ : दाङमा शुक्रबारदेखि राष्ट्रियस्तरको टेबलटेनिस प्रतियोगितामा सुरू भएको छ । २५ जिल्ला र ३ विभागीय टिम सहभागि भएको प्रतियोगितामा एक सय २० जना खेलाडी सहभागि भएका छन् । दाङसहित देशभरका जिल्ला र क्षेत्रको २८ टिमको सहभागिता रहेको प्रतियोगिता दाङको तुलसीपुर सुरू भएको हो ।
नेपाली कांग्रेसका नेता पूर्व मन्त्री स्वर्गीय खुमबहादुर खड्काको तेस्रो स्मृति दिवसको अवसरमा युथ्स अफ तुलसीपुरको आयोजनामा राष...