काठमाण्डाै – आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत स्कटल्यान्ड र नामिबियासँगको एकदिवसीय शृङ्खलाको लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले १४ जना खेलाडी समावेश गरेर टिमको घोषणा गरेको हो ।

नेपाली टीममा सूर्य तामाङ पहिलोपटक समावेश भएका छन् । आउँदो फागुन २ गतेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शृङ्खला सुरु हुँदैछ । नेपालले पहिलो खेल फागुन २ गते नामिबियासँग, ५ गते स्कटल्यान्डसँग, ६ गते नामिबियासँग र नौ गते स्कटल्यान्डसँग खेल्नेछ ।

लिगको तालिकामा ३२ खेलमा ४६ अङ्कसहित स्कटल्यान्ड शीर्ष स्थानमा रहेको छ । ३० खेलमा ३७ अङ्कसहित नामिबिया तेस्रो र २४ खेलमा १८ अङ्कसहित नेपाल छैटाैँ स्थानमा रहेको छ । एकदिवसीय मान्यता जोगाइराख्न नेपाललाईं लिगका बाँकी खेलमा जितको खाँचो रहेको छ ।

तपाईको प्रतिक्रिया