विराटनगरमा तेस्रो संस्करणको एम.एम. कप क्रिकेट प्रतियोगिता हुने

विराटनगरमा तेस्रो संस्करणको एम.एम. कप क्रिकेट प्रतियोगिता हुने
विराटनगर । विराटनगरमा तेस्रो संस्करणको एम.एम. कप क्रिकेट प्रतियोगिता हुने भएको छ । एम.एम. कप फाउण्डेशन इनरुवाको आयोजनामा विराटनगर–१९ स्थित बैजनाथपुर क्रिकेट मैदानमा प्रतियोगिता हुन लागेको छ । आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा छ टोलीको सहभागिता रहने एम.एम कप फाउण्डेशनका अध्यक्ष विप्लव घोषले जानकारी दिनुभयो । उनका अनुसार प्रतियोगिता आगामी बैशाख १३ देखि २० गतेसम्म विराटनगर ...

टोटनहम घरेलु मैदानमा नै पराजित

टोटनहम घरेलु मैदानमा नै पराजित
काठमाडौं, ९ बैशाख । टोटनहम इङ्लिस प्रिमियर लिगमा पुनः पराजित भएको छ ।    सोमवार राती सम्पन्न खेलमा टोटनहम नटिङघम फरेस्टसँग २–१ ले पराजित भएको हो ।   टोटनहम हट्स्पर रंगशालामा पाहुना टोली नटिङघमलाई जित दिलाउन एलिएट एन्डरसन र क्रिस उडले गोल गरेका थिए । टोटनहमका लागि रिचार्लिसनले  मात्र एक गोल फर्काउन सफल भए ।   निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा रिचार्लिसनले गोल गर्दै टोटनहमल...

आईपीएल क्रिकेटमा गुजरातले कोलकातालाई ३९ रनले हरायो

आईपीएल क्रिकेटमा गुजरातले कोलकातालाई ३९ रनले हरायो
काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई ३९ रनले पराजित गरेको छ । हिजोको खेलमा गुजरातले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको कोलकाताले आठ विकेट गुमाउँदै १५९ रन मात्र बनाउन सक्यो । कोलकाताका कप्तान अजिंक्य रहानेले सर्वाधिक ५० रन बनाए । गुजरातका प्रशिद्ध कृष्ण र राशिद खानले समान दुई विकेट लिए । त्यसअघि इडेन गार्डेन्समा टस हारेर पहिला ब्याटिङ...

चौंथो जीतका लागि नेपालले आज अफगानिस्तानसँग भिडदैँ

चौंथो जीतका लागि नेपालले आज अफगानिस्तानसँग भिडदैँ
काठमाडौं, ६ बैशाख । आज नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।   आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा नेपालले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।    आजको सो खेल मुलपानीस्थित तल्लो क्रिकेट मैदानमा बिहान ९ः०० बजे देखी सुरू हुनेछ ।  यसअघि तीनवटा खेलमा लगातार जीत हासिल गरेको नेपाल आज चौथों जीतका लागि मैदानमा उत्रन लागेको हो । नेपालले पहिलो खेलमा  युएईलाई डकवर्थ लुईस पद्ध...

नेपाल सुपर लिगमा ललितपुर र झापाले बराबरी खेले

नेपाल सुपर लिगमा ललितपुर र झापाले बराबरी खेले
काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा साविक विजेता ललितपुर सिटी एफसी र झापा एफसीले बराबरी खेलेका छन् । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको खेलमा झापाले ललितपुर सिटीसँग १–१ गोलको बराबरी खेलेको हो । योसँगै ललितपुर ६ खेलबाट १२ अङ्क बटुल्दै शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट पाँच अङ्क बटुल्दै झापा तेस्रो संस्करणको एनएसएलबाट बाहिरिएको छ । झापा एनएसएल इतिहासमा सबैभन्दा बढी बराबरी खे...

आईपीएल क्रिकेटमा दिल्लीले राजस्थानलाई सुपर ओभरमा हरायो

आईपीएल क्रिकेटमा दिल्लीले राजस्थानलाई सुपर ओभरमा हरायो
काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई सुपर ओभरमा हराएको छ । दिल्लीले दिएको १८९ रनको लक्ष्य पछ्याएको राजस्थानले ४ विकेट गुमाएर १८८ रन बनाएको थियो । यसअघि दिल्लीको अरुण जेट्ली स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले ५ विकेट गुमाएर १८८ रन बनाएको थियो । दुवै टोलीले १ सय ८८ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा राजस...

आज नेपाल र कुबेतबिचमा फाइनल प्रतिस्पर्धा

आज नेपाल र कुबेतबिचमा फाइनल प्रतिस्पर्धा
काठमाडौं, ३१ चैत । हङकङमा जारी चारदेशीय टी–२० सिरिजमा आज नेपालले फाइनल खेल खेल्नेछ । शनिबार आयोजक राष्ट्र हङकङविरूद्ध लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल रन रेटका आधारमा फाइनल पुगेको हो। आज नेपालले यसअघि पराजित गरेको टिम कुवेतसँग फाइनल खेल खेल्नेछ ।   हिजो खेलमा ९ ओभरमा हङकङले ३ विकेट गुमाएर ६८ रन बनाएको थियो। त्यसपछि वर्षाका कारण खेल रोकिँदै रद्द भए पछि नेपाल स्वतः फाइनल...

नेपाल सुपर लिग फुटबलमा काठमाण्डौलाई हराउँदै धनगढी शीर्ष स्थानमा

नेपाल सुपर लिग फुटबलमा काठमाण्डौलाई हराउँदै धनगढी शीर्ष स्थानमा
काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा धनगढी एफसी शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको खेलमा धनगढीले काठमाण्डौ रेजर्सलाई ३–१ को गोल अन्तरले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो । धनगढीको जीतमा अहमद हिजाजीले ह्याट्रिक गरेका छन् । जीतसँगै चार खेलमा आठ अङ्क जोडेको धनगढी शीर्ष स्थानमा उक्लिएको छ । समान अङ्क रहे पनि ललितपुर सिटी एफसी गोलअन्तरमा पछि परेको छ । पर...

टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै

टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै
काठमाण्डौ – हङकङमा भइरहेको टी–२० शृङ्खलामा लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दैछ । लिग चरणमा यसअघि नेपालले पहिलो खेलमा कतारलाई र दोस्रोमा कुवेतलाई हराएको छ । हङकङ, नेपाल, कतार र कुवेत सहभागी यस प्रतियोगितामा नेपाल ४ अङ्कसहित शीर्ष स्थानमा छ । १ जीत र १ हारबाट २ अङ्कसहित कुवेत दोस्रो स्थानमा छ । लिग चरणको खेलपछि शीर्ष दुई टोलीबीच भोलि फाइनल खेल हुनेछ ।

भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता

भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता
भक्तपुर, २३ चैत ।  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ चैत्र २३ गतेदेखि चैत्र २५ गते सम्म सञ्चालन हुने तीन दिने अन्तर नगर जिम्नास्टिक प्रतियोगिताको शनिबार एक समारोहबीच पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका छन् । सोही अवसरमा अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘खेलकुद स्मारिका—२०८१’को बिमोचन गरे ।   भक्तपुरको...