रतनको गीत ‘चम्किदे चाँद’मा चक्र र उषाको ठुम्का ( भिडियो )
काठमाडौँ ।
गायक तथा संचारकर्मी रतन देवकोटाको स्वर र शब्द रचना रहेको गीत 'चम्किदे चाँद' सार्वजनिक भएको छ । रतनलाई स्वरमा स्मृति शाहीले साथ दिएकि छन् । रतनको आफ्नै च्यानलबाट सार्वजनिक गीतमा चक्र बमको संगीत र केशव वडुको संगीत संयोजन रहेको छ ।
'देउडा फ्युजन' भाकामा बनेको गीत नेपाली दर्शकले बुझ्ने खालको छ । रतनले 'यो कस्तो शिक्षा हो, होमवर्क, ओई सुवा, सुन माया, रुपस्या जोवन' लगायतका गीत निर्माण गरिसक...














