रमेशलाई म्युजिक खबर म्युजिक अवार्ड
काठमाडौं, १७ बैशाख
राजधानीमा सम्पन्न दशौ म्युजिक खबर म्युजिक अवार्डमा ‘कौवा करायो’ बोलको गीतका लागि गीतकार रमेश दहाललाई उत्कृष्ट पप गीतकारको अवार्ड प्रदान गरिएको छ । विगत तिन दशकदेखि नेपाली मुलधारको गीत लेखनमा सकृय दहाल आधुनिक तथा पप विधाका गीत लेख्छन् । पुरस्कृत गीतमा टीका दहालको संगीत तथा सुरक्षा सेन्चुरीको आवाज रहेको छ ।
सयौ हिट गीत लेखेका दहालले एकपछि अर्को उत्कृष्ट गीत लेख्दै स्रोता तथा दर्...