रोशन राईको शब्द ,संगीतमा हसन र अनुले गरे ‘यो मनको चाहना ‘ (भिडियो )

रोशन राईको शब्द ,संगीतमा हसन र अनुले गरे  ‘यो मनको चाहना ‘  (भिडियो )
काठमाडौं । गायक हसन राई र लोकप्रिय गायिका अनु चौधरीको युगल स्वरमा 'यो मनको चाहना ' बोलको गीतको भिडियो सार्वजनिक भएको छ। रोशन राई 'पालुवास्टार' को शब्द र संगीत तथा फडिन्द्र राइको एरेन्ज रहेको गीतको भिडियोमा हसन राई र बेदना राईको अभिनय रहेको छ। राजेश पुमा राइको निर्देशनमा बनेको भिडियोमा उत्तम हुमागाईको छायांकन र विकास दाहालको सम्पादन रहेको छ । भिडियोलाई (Lungto Creation )को अफिसियल च्यानल मार्फत ...

कान्तिपुर कलेज र रेड स्टार कलेजले जित्यो हिसान फुटबलको उपाधि

कान्तिपुर कलेज र रेड स्टार कलेजले जित्यो हिसान फुटबलको उपाधि
विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत बुधबार राती भएको फुटबल प्रतियोगिताको उपाधि विराटनगरको कान्तिपुर कलेज र पथरीको रेड स्टार कलेजले जितेको छ । विराटनगरको शहिदमैदानमा फ्लटलाईटमा भएको रात्रीकालिन छात्र फुटबलको फाइनल खेलमा कान्तिपुर कलेजले पथरीको रेड स्टार कलेजलाई १–० को गोल अन्तरले पराजित गरि उपाधि जितेको हो । कान्तिपुरको जितमा मध्यान्तर पछिको १४ औं म...

२०८१ साल माघ १८ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल माघ १८ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष– चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ। धैर्यले काम लिने समय छ। छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । तापनि, प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । मान्यजनसँग असमझदारी बढ्ला। वृष– वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । समय उत्साहवर्द्धक रहला । नयाँ ज्ञान प्...

भारतमा महाकुम्भ मेलामा भागदौड हुँदा मृत्यु हुनेको संख्या ३० पुग्यो

भारतमा महाकुम्भ मेलामा भागदौड हुँदा मृत्यु हुनेको संख्या ३० पुग्यो
नयाँ दिल्ली/सिन्ह्वा : भारतको उत्तर प्रदेशमा हिन्दूहरुको महाकुम्भ मेलामा बुधबार बिहान भागदौड हुँदा कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै अन्य ६० जना घाइते भएको प्रहरीले जनाएको छ । गंगा, यमुना र सरस्वती नामको तीन नदीको संगममा पवित्र स्नान गर्न मौनी अमावस्याको पवित्र दिन करिब १० करोड मानिस भेला भएको थियो । मृतक ३० मध्ये २५ जनाको सनाखत भइसकेको र बाँकी शवको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ...

ट्रम्प प्रशासनद्वारा सङ्घीय कर्मचारीलाई बहिर्गमन प्याकेजको प्रस्ताव     

ट्रम्प प्रशासनद्वारा सङ्घीय कर्मचारीलाई बहिर्गमन प्याकेजको प्रस्ताव     
वासिङ्टन/एएफपी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले मङ्गलबार आठ महिनाको रोजगारी छोड्ने सङ्घीय कर्मचारीलाई बहिर्गमन प्याकेजको व्यवस्था गर्ने अवसर दिएको छ । कर्मचारीलाई पठाएको इमेलमा उक्त प्याकेजको घोषणा गरिएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्पका सल्लाहकार एलन मस्कले एक्समा ऐतिहासिक ‘विकल्प’ को रूपमा प्रशंसा गरेको यो प्रस्ताव सबै २० लाख सङ्घीय कर्मचारीलाई पठाइएको बुझिएको छ । ...

दक्षिण सुडानमा विमान दुर्घटना हुँदा २० जनाको मृत्यु   

दक्षिण सुडानमा विमान दुर्घटना हुँदा २० जनाको मृत्यु   
जुबा/एएफपी : दक्षिण सुडानमा विमान दुर्घटना भएको छ । उक्त विमान दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको प्रदेशका सूचना तथा सञ्चारमन्त्री गतवेच विपालले बुधबार जानकारी दिनुभएको छ । राजधानी जुबाका लागि उडेको विमान करिब १०ः३० बजे युनिटी राज्यको तेल क्षेत्र नजिकै खसेको थियो । “विमान विमानस्थलबाट ५०० मिटर टाढा दुर्घटनाग्रस्त भयो । विमानमा २१ जना सवार थिए । अहिले त्यहाँ एक जना मात्र बाँचेका छन्,...

टेस्ट क्रिकेटमा अस्ट्रेलियाका स्टिभ स्मिथको १० हजार रन पूरा

टेस्ट क्रिकेटमा अस्ट्रेलियाका स्टिभ स्मिथको १० हजार रन पूरा
काठमाण्डाै – टेस्ट क्रिकेटमा अस्ट्रेलियाका स्टिभ स्मिथले १० हजार रन पूरा गरेका छन् । श्रीलङ्कासँगको पहिलो टेस्ट क्रिकेटमा १ रन जोड्दै स्मिथले यो उपलब्धि हासिल गरेका हुन् । स्मिथ टेस्ट क्रिकेटमा १० हजार रन पूरा गर्ने विश्वको १५औं तथा अस्ट्रेलियाका चौथो ब्याटर बनेका छन् । टेस्ट क्रिकेटमा यसअघि भारतका सचिन तेन्दुलकर, अस्ट्रेलियाका रिकी पोन्टिङ, दक्षिण अफ्रिकाका ज्याक कालिस, भारतका राहुल द्रभिड, इङ...

पुलिसलाई हराउँदै एपीएफले जित्यो एन्फा महिला लिगको उपाधि

पुलिसलाई हराउँदै एपीएफले जित्यो एन्फा महिला लिगको उपाधि
काठमाण्डाै – नेपाल पुलिस क्लबलाई हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले एन्फा महिला लिग फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको फाइनलमा एपीएफले पुलिसलाई ४–० गोलले हरायो । एपीएफको जीतमा सबिता राना मगरले २ तथा सरु लिम्बु र अनु लामाले १/१ गोल गरे । एपीएफले उपाधिसँगै १० लाख र उपविजेता बनेकाे पुलिसले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकाे छ । एपीएफले अपराजित रहँदै उपाधि ज...

सहिद गेटमा सभापति कपको अनावरण

सहिद गेटमा सभापति कपको अनावरण
काठमाडौ, १६ माघ । नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताको ट्रफी आज अनावरण गरिने भएको छ ।   माघ १० गतेदेखि सुरु भएको सर्वाधिक पुरस्कार राशिको नकआउट फुटबल प्रतियोगिताको फाइनलमा सङ्कटा क्लब र आयोजक लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेश (बागमती) फाइनलमा प्रवेश गरिसकेका छन् । आयोजक महाधिवेशन निर्देशन समितिले...

लोकतन्त्रकामा अभिव्यक्ति र प्रेस स्वतन्त्रता अनिवार्य छ : नेता महर

लोकतन्त्रकामा अभिव्यक्ति र प्रेस स्वतन्त्रता अनिवार्य छ : नेता महर
विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले कांग्रेस लोकतान्त्रिक प्रणालीको अनुयायी भएकाले प्रजातन्त्र बाँच्नका लागि अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता अनिवार्य भएको बताएका छन्। भैरहवा विमानस्थलमा पत्रकारसँग नेता महरले उक्त प्रतिक्रिया दिएका हुन्। यसलाई कुण्ठित हुने, खलल पुर्‍याउने, यसमा प्रतिबन्ध गर्ने र समस्या ल्याउने कुनै कुरामा कांग्रेसको सहमति...