‘कोरिया काण्ड’मा पक्राउ परेका द्वन्द्व निर्देशक खड्गी धरौटीमा छुटे
काठमाडौं । द्वन्द्व निर्देशक तथा खलनायक राजेन्द्र खड्गी थुनामुक्त भएका छन् । उनीमाथि लागेको मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्धाको सुनुवाई उच्च अदालत पाटनले धरौटी लिएर रिहा गर्न आदेश दिएको छ ।
उच्च अदालतले तोकेको पाँच लाख रुपैयाँ धरौटी बुझाएर उनी आइतबार नै थुनामुक्त भएका हुन् । मानव बेचबिखन तथा ओसारपसार अभियोगमा उनलाई काठमाडौं जिल्ला अदालतले गत १८ फागुनमा थुनामा राखेर मुद्धाको सुनुवाई अघि ब...