चालु आवको पुस १५ सम्म २३ करोड ३५ लाख मात्रै आन्तरिक आय संकलन

चालु आवको पुस १५ सम्म २३ करोड ३५ लाख मात्रै आन्तरिक आय संकलन
विराटनगर ÷ विराटनगर महानगरपालिका नगरसभाको पन्ध्रौं अधिवेशन सम्पन्न भएको छ । महानगरले चालु आर्थिक वर्षका लागि तय गरेको बजेट यथावत राखेर नगरसभाको पन्धौं अधिवेशन सम्पन्न भएको हो । अघिल्लो अधिवेशनले बजेट संशोधन गरेको थियो । तर यस अधिवेशनले चालु आवको नीति तथा कार्यक्रममा परेका योजना र कार्यक्रमको शीर्षक मात्रै परिवर्तन गरेको छ । मेयर नागेश कोइरालाको अध्यक्षतामा भएको नगरसभा अधिवेशनमा उपमेयर शिल्पा नि...

प्रदेश प्रहरी प्रमुखबाट कोशी प्रदेश प्रहरी गणको निरीक्षण भ्रमण सम्पन्न

प्रदेश प्रहरी प्रमुखबाट कोशी प्रदेश प्रहरी गणको निरीक्षण भ्रमण सम्पन्न
विराटनगर, २०८१ पुस २१ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले पुस २१ गते कोशी प्रदेश प्रहरी गणको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षणको क्रममा वँहाले कार्यरत प्रहरी कर्मचारीहरु, सम्पुर्ण शाखाहरु, मेष, ब्यारेक लगायतको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनुभएको छ । निर्देशनको क्रममा वँहाले प्रहरी कर्मचारीहरुले सैद्धान्ति...

सर्लाहीमा मापसे गरेका वडाध्यक्षको समुह र प्रहरीबीच झडप

सर्लाहीमा मापसे गरेका वडाध्यक्षको समुह र प्रहरीबीच झडप
जनकपुर– सर्लाहीको रमानगर–५, बैजनाथमा गएराति प्रहरी र स्थानीयबीच झडप भएको छ। झडपमा प्रहरीले ५ राउन्ड गोली चलाएको थियो। मधेस प्रदेश प्रहरी प्रवक्ता एसपी सुवास बोहोराका अनुसार शनिवार साँझ बैजनाथमा इलाका प्रहरी कार्यालय गडहिया डुमरियाको टोलीले मापसे चेकिङ गरेको थियो। चेकजाँचमा परेका युवाहरुले झगडा गर्न थालेपछि अवस्था असमान्य बनेको थियो। त्यस लगत्तै आफैं मापसे गरेका वडाध्यक्ष श्रीनन्दन यादवको नेत...

पर्यटकीय जिल्ला सोलुखुम्बुको विकासलाई तीव्रता दिइनेछः प्रधानमन्त्री

पर्यटकीय जिल्ला सोलुखुम्बुको विकासलाई तीव्रता दिइनेछः प्रधानमन्त्री
सोलुखुम्बु,२१ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमा विशेष योगदान दिने सोलुखुम्बुको विकासलाई तीव्रता दिन सरकारले कुनै कमी हुन नदिने बताएका छन । खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्केमा आज आयोजित ङिमदोर्जी शेर्पा पर्यटन सडक उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सोलुखुम्बु जस्तो विशेष महत्वको जिल्लामा विकासका संरचनाहरूलाई थप सबल बनाइने बताएका हुन ।   उक्त सडकलाई पक्क...

सर्लाहीमा उखुबारीभित्र गाडिएको अवस्थामा व्यवसायीको शव फेला

सर्लाहीमा उखुबारीभित्र गाडिएको अवस्थामा व्यवसायीको शव फेला
काठमाडौं । एक व्यवसायीको शव सर्लाहीमा उखुबारीभित्र गाडिएको अवस्थामा फेला परेको छ। ६ दिनदेखि बेपत्ता हरिवन नगरपालिका–१० निवासी ३९ वर्षीय हरिप्रसाद प्रसाईंको हत्या गरी शव उखुबारीमा गाडेको अवस्थामा शनिबार फेला परेको हो। शवको टाउकोमा चोट देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। मृतक प्रसाईं गत पुस १५ गतेदेखि बेपत्ता थिए। पुस १५ गते बिहान बरहथ...

मोरङ कारागारमा १४ वर्षको जेल सजाय काटिरहेका कैदीको मृत्यु

मोरङ कारागारमा १४ वर्षको जेल सजाय काटिरहेका कैदीको मृत्यु
विराटनगर– हाडनाता करणी मुद्दामा दोषी ठहर भई मोरङ कारागारमा सजाय काटिरहेका एक कैदीको मृत्यु भएको छ। जिल्लाको बेलबारी नगरपालिका–४ का ६७ वर्षीय अम्मरबहादुर राईको शनिवार दिउँसो मृत्यु भएको हो। जेलर गौरव ढुंगेलका अनुसार राईलाई श्वासप्रश्वासको समस्या देखिएको छ। उपचारका लागि दिउँसो सवा २ बजे कोशी अस्पतालमा भर्ना गरिएका राईको उपचारकै क्रममा करिव ४ बजे मृत्यु भएको ढुंगेलले बताए। हाडनाता करणीको आरो...

खोटाङमा मानसिक सन्तुलन गुमाएकी महिला बलात्कृत

खोटाङमा मानसिक सन्तुलन गुमाएकी महिला बलात्कृत
दिक्तेल– खोटाङमा मानसिक सन्तुलन गुमेकी एक महिला बलात्कृत भएको घट्ना ६ महिनापछि खुलासा भएको छ। जिल्लाको केपिलासगढी गाउँपालिकाकी मानसिक सन्तुलन गुमेकी २० वर्षीया महिलामाथि गाउँकै ३९ वर्षीय एककुमार राईले बलात्कार गरेको खुलेको छ। पीडित महिला करिब ६ वर्षअघिदेखि मानसिक सन्तुलन गुमाएर उपचाररत छिन्। तीनै महिला गर्भवती रहेको थाहा पाएपछि बलात्कारको घट्ना वाहिर आएको हो। हाल महिलाको ललितपुरस्थित एक अस्प...

कवि विष्णु थापा ‘बिछोड’को “नीलो माइक्रोजस्तो नदी” लाेकार्पण

कवि विष्णु थापा ‘बिछोड’को “नीलो माइक्रोजस्तो नदी” लाेकार्पण
'हामी र हाम्रो कृति समाज’ले आज २०८१ पौष २० गते लीलाध्वज थापा साहित्य प्रतिष्ठान, बालुवाटार, काठमाडौँमा आयोजना गरेको महिनाको तेस्रो शनिवार स्रष्टाहरूको कृति विमोचन कार्यक्रम अन्तरगत संस्थाका संस्थापक सदस्य विष्णु थापा ‘बिछोड’को दोस्रो कृति "नीलो माइक्रोजस्तो नदी” कवितासङ्ग्रह संस्थाको १८ औँ कृतिको रूपमा लोकार्पण भएको छ । हामी र हाम्रो कृति समाजका अध्यक्ष मदन प्रसाद नेपालज्यूको सभापतित्वमा आयोजित...

प्रथम मगर साहित्य महोत्सवको समीक्षा

प्रथम मगर साहित्य महोत्सवको समीक्षा
बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा गत मंसिर २१ र २२ गते बुटवलमा सम्पन्न प्रथम मगर साहित्य महोत्सवको शनिबार समीक्षा सम्पन्न भएको छ । महोत्सवमा भएका विभिन्न गतिविधिको समीक्षासहित कार्यक्रम सम्पन्न गर्नका लागि संकलित आम्दानी खर्च सार्वजनिक गरिएको छ । महोत्सव सम्पन्न गर्नका लागि विभिन्न क्षेत्रबाट क्रियाशिल व्यक्तित्वहरुलाई आभार व्यक्त गर्दै मगर महिला संघ रुपन्देही अध्यक्ष निर्मला ...

‘ढोग दिया’ शब्दको दुरुपयोगप्रति प्रतिष्ठानको आपत्ति

‘ढोग दिया’ शब्दको दुरुपयोगप्रति प्रतिष्ठानको आपत्ति
देउडा संस्कृति संरक्षण प्रतिष्ठानले देउडा संस्कृतिका ओजपूर्ण शब्दहरूको दुरुपयोग तथा मौलिक संस्कृति अपहेलना गर्ने खालका गीत-संगीतप्रति गम्भीर आपत्ति जनाएको छ। प्रतिष्ठानले प्रेस विज्ञप्ति जारी गर्दै 'ढोग दिया' जस्ता मौलिक शब्दहरूको दुरुपयोग गर्दै काली-कर्णाली क्षेत्रका परम्परा, संस्कार र संस्कृतिलाई होच्याउने प्रवृत्तिप्रति खेद व्यक्त गरेको हो। प्रतिष्ठानले यस्तो प्रवृत्तिले सामाजिक सद्भाव र ...