सरकारको एक्लो प्रयासले विपद्को जोखिम न्यूनीकरण गर्न सम्भव हुँदैन् : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद्को जोखिम न्यूनीकरण गर्न सरकारको एक्लो प्रयासले सम्भव नहुने बताउनुभएको छ ।
काठमाडौंमा आज गरिएको एक कार्यक्रममा गृहमन्त्री लेखकले सरकार र समुदायबीच सहकार्यले मात्र विपद् जोखिम न्यूनीकरण गर्न सकिने बताउनुभयो । उहाँले विपद् जोखिम न्यूनीकरणसम्बन्धी कानुनहरु बलियो भए पनि कार्यान्वयन कमजोर रहेको स्वीकार गर्नुभयो ।
मन्त्री लेखकले विपद्को जोखिम न्यूनीकरण गर्न प्...














