पूर्व मुमाबडामहारानी शाह अस्पताल भर्ना

पूर्व मुमाबडामहारानी शाह अस्पताल भर्ना
काठमाडौँ- पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पताल भर्ना भएकी छन्। ९७ बर्षीया पूर्व मुमाबडामहारानी शाहको स्वास्थ्यमा अचानक समस्या आएपछि आइतबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो। चिकित्सकहरूका अनुसार उनको छातीमा संक्रमण देखिए पनि अवस्था सामान्य रहेको छ। बृद्ध शरीर भएकाले अझ स्वास्थ्य नबिग्रियोस् भनेर ‘अब्जरभेसन’का लागि अस्पताल भर्ना गरिएको बताइएको छ। उनी नारायणहिटी दरवार परिस...

कटुवा पेस्तोल र गोलीसहित भारतीय नागरिक पक्राउ

कटुवा पेस्तोल र गोलीसहित भारतीय नागरिक पक्राउ
अवैध हतियार र गोलीसहित रौतहटमा एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा बिओपी बेलबिछवाबाट खटिएको सशस्त्र प्रहरीले रौतहटको राजदेवी नगरपालिका– ९ ब्रह्मपुरस्थित सञ्जीव सिंहको मदिरा पसलमा आइतबार राति २ बजेको समयमा चेकजाँच गर्दा अवैध कटुवा पेस्तोल र गोलीसहित भारतीय नागरिकलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटले जनाएको हो। नेपाल–भारत सीमा क्...

वाइवाइ यु– १९ राष्ट्रिय क्रिकेटमा सूदुरपीश्चम र कर्णालीलाई सफलता

वाइवाइ यु– १९ राष्ट्रिय क्रिकेटमा सूदुरपीश्चम र कर्णालीलाई सफलता
विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा कर्णाली र सूदुरपश्चिम प्रदेशले विजयी भएका छन् । प्रतियोगिता अन्तर्गत सोमबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा कर्णालीले मधेश प्रदेशलाई ४७ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको छ । टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभर...

सूदुरपश्चिम वाइवाइ यु– १९ राष्ट्रिय क्रिकेटको फाइनलमा प्रवेश

सूदुरपश्चिम वाइवाइ यु– १९ राष्ट्रिय क्रिकेटको फाइनलमा प्रवेश
विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी र सूदुरपश्चिम प्रदेशले विजयी भएका छन् । प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा ४ खेलमा लगातार विजयी हुँदै ८ अंककासाथ सूदुरपश्चिम प्रदेश फाइनलमा प्रवेश गरेको हो । सूदुरले अव उपाधिकालागि बुधबार लुम्विनीसँग प्रतिस्पधा गर्ने छ । सूदुरले अव लिगको अन्तिम खेल कोशी प्रदेशसँग प्रतिस्पर्धा...

लुम्विनी वाइवाइ यु– १९ राष्ट्रिय क्रिकेटको फाइनलमा, कोशी प्रतियोगिताबाट बाहिरियो

लुम्विनी वाइवाइ यु– १९ राष्ट्रिय क्रिकेटको फाइनलमा, कोशी प्रतियोगिताबाट बाहिरियो
विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्विनी र वागमती प्रदेशले विजयी भएका छन् । प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा लुम्विनीले लगातार ५ खेलमा जित हात पार्दै एक खेल अगाडी नै फाइनलमा प्रवेश गरेको छ भने वागमतीले कोशीलाई पराजित गर्दै फाइनलमा पुग्ने आशालाई जिवितै राखेको छ । बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको ख...

तिहारको अवसरमा द्रब्य ब्याण्डले सार्वजनिक गर्यो ‘बुकि फुल’

तिहारको अवसरमा द्रब्य ब्याण्डले सार्वजनिक गर्यो ‘बुकि फुल’
इटहरी/ मोरङको बेलबारीमा स्थापना भएर चर्चा बटुल्दै गैरहेको द्रब्य ब्याण्डले आफ्नो नयाँ गीत ‘बुकि फूल’ सार्वजनिक गरेको छ । कार्तिक १४ गते बेलबारी महोत्सवमा एक विशेष कार्यक्रम आयोजना गर्दै यो गीतको भिडियो सार्वजनिक गरिएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहेका कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी चन्द्र कुबेर खापुङले रिमोट थिचेर भिडियो सार्वजनिक गरेका थिए । ‘बुकि फूल’को शब्द तथा संगीत मव...

कात्तिक शुक्ल प्रतिपदा: गोरु, गोवर्द्धन र हली पूजा

कात्तिक शुक्ल प्रतिपदा: गोरु, गोवर्द्धन र हली पूजा
काठमाडौं । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । वर्षभर जोतिएर मानवहितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हली एवम् अन्य कृषिकर्म गर्ने किसानलाई पनि आज पूज...

आज कात्तिक १७ गते शनिबारको राशिफल, कस्तो रहला तपाईंको दिन ?

आज कात्तिक १७ गते शनिबारको राशिफल, कस्तो रहला तपाईंको दिन ?
काठमाडौं – आज २०८१ साल कात्तिक १७ गते शनिबार तदनुसार सन् २०२४ नोभेम्बर २ तारिख। कात्तिक शुक्ल पक्षको प्रतिपदा तिथि। म्हपूजा। गोवद्र्धन पूजा। गाईगोरु पूजा। हलि तिहार। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मेष : अप्ठेरो दिन छ। मन शान्त पार्न आफू सक्रिय हुनुपर्नेछ। सञ्चित धन खर्च हुने य...

नेपालले अस्ट्रेलियालाई दियो ११२ रनको चुनौती : सन्दीप जोराको अर्धशतक

नेपालले अस्ट्रेलियालाई दियो ११२ रनको चुनौती : सन्दीप जोराको अर्धशतक
काठमाडौं । हङकङ सिक्सेसमा नेपालले अस्ट्रेलियालाई ११२ रनको चुनौती दिएको छ। शनिबार बिहान हङकङको मोङ कक मैदानमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको नेपालले दुई विकेटको क्षतिमा १११ रन बनाएको हो। नेपालका लागि सन्दीप जोराले अर्धशतक पुरा गरे। उनले १६ बलमा पाँच चौका र चार छक्का प्रहार गर्दै ५१ रन बनाएका हुन्। हङकङ सिक्सेसमा उनको यो लागातार दोस्रो अर्धशतक हो। अघिल्लो खेलमा उनले इंग्ल्याण्डविरुद्ध १...

वाइवाइ यु– १९ राष्ट्रिय क्रिकेटमा कोशीको पहिलो जित, अर्को खेलमा सूदुरलाई सफलता

वाइवाइ यु– १९ राष्ट्रिय क्रिकेटमा कोशीको पहिलो जित, अर्को खेलमा सूदुरलाई सफलता
विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी र सूदुरपश्चिम प्रदेशले विजयी भएका छन् । प्रतियोगिता अन्तर्गत विहिबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा सूदुरपश्चिले मधेश प्रदेशलाई ११ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको सूदुरले निर्धारित ५० ओभरको खेलमा ४२ ओभरमा सवै विकेट गुमाई १ सय १९ रनको झिनो योगफल बन...