अस्पताल सञ्चालन गर्न महायज्ञ हुँदै
दमक, कात्तिक १६ गते । झापासँग सीमा जोडिएको ईलामको चुलाचुली गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालनका लागि भवन बनेको दूई बर्ष भइसकेको छ । बजेट अभावमा अस्पताल सञ्चालन हुन नसकेपछि आर्थिक सहयोग जुटाउन बहुधार्मिक प्रवचनसहित समावेशी श्रीमद भागवत महापुराण तथा ज्ञान महायज्ञ लगाउने तयारी गरिएको छ ।
गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङका अनुसार बि.स. २०७७–७८ देखि निर्माण शुरु भई गत आर्थिक बर्षमा अस्पतालको भ...













