प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता : डाँस मोरङी र आयोजक कञ्चनजंघा सेमिफाइनलमा
पथरी - मोरङको पथरीशनिश्चरे-१० स्थित जिरिखिम्ती मैदानमा जारी प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएका दुई खेलमा डाँस मोरङी र आयोजक कञ्चनजंघा क्रिकेट क्लब सेमिफाइनल प्रवेश गरेका छन्।
पहिलो खेलमा डाँस मोरङी २ विकेटले विजयी भएको छ। काँकडभिट्टाको बिएन्डएस क्रिकेट क्लबलाई २ विकेटले हराउँदै डाँस मोरङीले सेमीफाइनलमा स्थान बनायो।
टस हारेर पहिला ब्याटिङ गरेको काँकडभिट्टाले १७.१ ओभरमा स...