काठमाण्डाै महानगरद्वारा २ महिनामा १ सय १४ मन्दिर, १ सय ११ वटा हिटीकाे सफाइ
काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले चालू आर्थिक वर्षको दुई महिनामा १ सय १४ वटा साना–ठूला मन्दिरको सरसफाइ गरेको छ ।
महानगरपालिकाको स्वर्णिम योजना ‘सम्पदा मर्मत तथा संरक्षण’ कार्यक्रमअन्तर्गत १ सय १४ मन्दिर, १ सय ११ हिटी, १० कुवा र ६ पोखरीको सफाइ गरिएको महानगरका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।
सरसफाइमा क्रममा सम्पदा क्षेत्रको प्राङ्गण, बत्ती बाल्ने ठाउँ, घण्टी,...














