बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १८२ जनाको मृत्यु

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १८२ जनाको मृत्यु
काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी आइतबार दिउँसोसम्म १ सय ८२ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ५५ जना, लुम्बिनी प्रदेशमा ३६ जना, कर्णाली प्रदेशमा १० जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १...

साफ यू-२० च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात

साफ यू-२० च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात
काठमाडौँ । नेपालले साफ यू-२० च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ । आजदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो । नेपालको जितमा खेलको २४औं मिनेटमा निराजन धामीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समुह ए बंगलादेश र श्रीलंकासँग रहेको छ ।  अब नेपालले समुह ...

‘पार्टीलाई मर्यादित बनाउन १३ बुंदे आचार संहिता पालना गर्नु पर्छ’

‘पार्टीलाई मर्यादित बनाउन १३ बुंदे आचार संहिता पालना गर्नु पर्छ’
मोरङ,२ भदौ ः नेपाल कम्यूनिष्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटीले पार्टीमा आवद्ध सबैले १३ बुँदे आचार संहित अनिवार्य पालन गर्नु पर्ने जनाएको छ । प्रदेश कमिटीद्वारा आज पार्टी कार्यालय विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा शनिवार सम्पन्न चौथो पुर्ण बैठकको निर्णय सार्वजनिक गर्दै पार्टीलाई व्यवस्थित एंव मार्यादित वनाउन १३ बुंदें आचारसंहिता लागु गरिएको जनाएको छ । कोशी प्रदेश इन्चार्ज एवं प्र...

एक्सले ब्राजिलमा बन्द गर्यो आफ्नो कार्यालय

एक्सले ब्राजिलमा बन्द गर्यो आफ्नो कार्यालय
काठमाडौँ । सोसल मिडिया प्लेटफर्म एक्सले ब्राजिलमा तत्कालदेखि लागु हुने गरि आफ्नो सञ्चालन बन्द गर्ने घोषणा गरेको छ ।  ब्राजिलमा रहेका आफ्ना कानुनी प्रतिनिधिलाई सेन्सरशिप आदेशहरूको पालना नगरेमा पक्राउ गर्ने धम्की दिएको आरोप लगाउदै एक्सले ब्राजिलमा आफ्नो अप्रेशन बन्द गर्ने घोषणा गरको जनाएको छ । ब्राजिलमा अहिले अदालतको आदेशपछि एक्समाथि प्रतिबन्ध लगाइएको छ भने निजी जानकारी सरकारलाई दिनुपर्ने शर्त...

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिनलाई आममाफी

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिनलाई आममाफी
थाइल्यान्डका राजाले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई आममाफी दिनुभएको छ । राजा महा वजिरालोङकोर्नले आफ्नो जन्मदिनको उपलक्ष्यमा आममाफी दिएका हजारौं व्यक्तिमध्ये ७५ वर्षीय धनाड्य पूर्वप्रधानमन्त्री सिनावात्रा पनि एक रहेका समाचारसंस्था एएफपीले जनाएको छ । थाक्सिन १५ वर्षको निर्वासनपछि झन्डै एक वर्षअघि स्वदेश फर्कनुभएको थियो । स्वदेश फर्कनसाथ उहाँलाई थाई अदालतले भ्रष्टाचार र शक्तिको दुरुपयोग ग...

२० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल आजदेखि : उद्घाटन खेलमा नेपाल र श्रीलङ्का खेल्दै

२० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल आजदेखि : उद्घाटन खेलमा नेपाल र श्रीलङ्का खेल्दै
काठमाण्डौ – दक्षिण एसियाली देशबीच हुने २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा आज घरेलु टोली नेपाल र श्रीलङ्का खेल्दैछन् । खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो तीन बजे शुरु हुनेछ । नेपालले २० वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि घरमै राख्ने लक्ष्य लिँदै तयारी गरेको छ । प्रशिक्षक उर्जन श्रेष्ठले तयारी राम्रो रहेको र उपाधि ...

इंग्लिस प्रिमियर लिगमा लिभरपुल र आर्सनलको विजयी शुरुवात

इंग्लिस प्रिमियर लिगमा लिभरपुल र आर्सनलको विजयी शुरुवात
काठमाण्डौ – इंग्लिस प्रिमियर लिगमा लिभरपुल र आर्सनलले विजयी शुरुवात गरेका छन् । हिजो भएको पहिलो खेलमा लिभरपुलले नवप्रवेशी इपस्विपलाई तथा अर्को खेलमा आर्सनलले उल्भ्सलाई २–० गोलले हरायो । इपस्विपको घरेलु मैदानमा भएको खेलमा लिभरपुलका डियगो जोटा र मोहम्मद सलाहले समान एक/एक गोल गरे । त्यस्तै अर्को खेलमा आर्सनलका काई हाभार्ट र बुकायो साकाले गोल गरे । जितसँगै लिभरपुल र आर्सनलले समान तीन अङ्क जोडेका छन...

आजको राशिफल : वि.सं.२०८१ भदाै २ गते आईतवारकाे राशिफल

आजको राशिफल : वि.सं.२०८१ भदाै २ गते आईतवारकाे राशिफल
मेष –व्यावसायिक काममा खर्च बढ्नेछ, अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला । समय मध्यम नै रहेको छ ।एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ । वृष –आज आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा ध्यान पुर्याउनुहोला ।उद्योग...

गीतकार शीतल कादम्बिनीको तीज गीत ‘माइतै रमाइलो’ सार्वजनिक (भिडियो )

गीतकार शीतल कादम्बिनीको तीज गीत  ‘माइतै रमाइलो’ सार्वजनिक (भिडियो )
काठमाडौँ । हिन्दु नारीहरुको महानपर्व हरितालिका तीज आउन केहि हप्ता बाँकी भएसंगै तीजका गीतहरुको म्युजिक भिडियोहरु सार्वजनिक गर्ने क्रम निकै बढेको छ । यस्तैमा लोकप्रिय नायिका केकी अधिकारी अभिनित मौलिक तीज गीत 'माइतै रमाइलो'को भिडियो सार्वजनिक भएको छ । गीतकार शीतल कादम्बिनीको शब्द रचना ,गायिका माधवी अर्यालको स्वरमा रहेको गीतमा माइतीमा तीज मनाउदा हुने रमाइलो पक्षलाई चित्रित गरिएको छ । हरि लम्सालद्व...

राजकुमार खनाल, रोजी दुलाल र अर्जुन थापाको अभिनयमा बद्रीको “अब नामै नलिनु मेरो” सार्वजनिक

राजकुमार खनाल, रोजी दुलाल र अर्जुन थापाको अभिनयमा बद्रीको “अब नामै नलिनु मेरो” सार्वजनिक
काठमाण्डौ । लोक दोहोरी गायक बद्रि प्रसाद सिटौलाले भर्खरै मात्र आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा "अब नामै नलिनु मेरो" बोलको गीत ल्याएका छन् । रोमान्चक गीत संगीतमा छुट्टै पहिचान बनाएका उनले यो वियोगान्त गीतलाई बद्रि लोक माला युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् । बद्रीको आफ्नै जिबन कथामा आधारित यो गीत नभएता पनि अशंख्य श्रोता तथा दर्शकहरुले भोगेका बिषयवस्तु यस गीतमा समेटिएको छ । गीतमा बद्रि प...