सष्ट्रा सम्मान कार्यक्रम सम्पन्न
काठमाडौ । लीलाध्वज थापा साहित्य प्रतिष्ठानको आयोजनामा आज काठमाण्डौमा त्रैमासिक रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा साहित्यकार प्रमोद प्रधानलाई नगद दश हजार र दोसल्ला सहित लीलाध्वज स्रष्टा सम्मानद्धारा सम्मान गरिएको छ।
उक्त सम्मान प्रतिष्ठानका अध्यक्ष साहित्यकार विजयध्वज थापाले प्रदान गर्नुभएको थियो । सम्मानित हुनुभएका स्रष्टा प्रधानले लीलाध्वज थापाजस्तो प्रत...














