शिक्षकको २२ औं दिनको आन्दोलन आज पनि, भोलीको परिक्षा बहिस्कार गर्ने

शिक्षकको २२ औं दिनको आन्दोलन आज पनि, भोलीको परिक्षा बहिस्कार गर्ने
काठमाडौं, १० बैशाख । शिक्षकहरूको आन्दोलन आजवाट थप एक घन्टा अगाडीबाट सुरू हुने भएको छ । प्रायः अपरान्ह १२ः०० बजेवाट सुरू हुने आन्दोलन आजवाट भने बिहान ११ः०० बजेवाट सुरू हुने भएको छ । अध्यक्ष, नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मीकिशोर सुबेदीका अनुसार आन्दोलन दिउँसो २ बजेसम्म जारी रहनेछ । साथै, भोली देखी हुने भनिएको कक्षा १२ को परीक्षा कार्यक्रम शिक्षकहरूले बहिस्कार गर्ने भएका छन् । ...

कक्षा १२ को परीक्षा सर्‍याे : आउँदो २१ गतेदेखि सञ्चालन हुने

कक्षा १२ को परीक्षा सर्‍याे : आउँदो २१ गतेदेखि सञ्चालन हुने
काठमाण्डौ – भोलिदेखि हुने भनिएको कक्षा १२ को परीक्षा सरेको छ । राष्ट्रिय परीक्षा बोर्डले आउँदो २१ गतेदेखि गर्ने गरी परीक्षा १० दिन सारेको हो । शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा यसअघि तोकिएको मितिमा हुन नसकेको हो । परीक्षा कसरी गर्ने अन्योलकैबीच हिजो बसेको बोर्ड बैठकले विभिन्न संयन्त्र परिचालन गर्ने निर्णय गरेको थियो । तर दिनभर अनेक छलफल गरे पनि परीक्षा सञ्चालनको ठोस आधार नभएपछि ...

गैसस मोरङको आयोजनामा प्रस्ताव लेखन तालिम सम्पन्न

गैसस मोरङको आयोजनामा प्रस्ताव लेखन तालिम सम्पन्न
विराटनगर÷ गैरसरकारी संस्था महासंघ मोरङको आयोजनामा आइतबारदेखि प्रस्ताव तथा प्रतिवेदन लेखन तालिम सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाको सहकार्यमा आयोजित दुईदिने तालिम सम्पन्न भएको हो । सरकारी कार्यालयहरुमा पेश गरिने प्रस्ताव र प्रतिवेदनबारे प्रशिक्षार्थीहरुलाई जानकारी गराइएको आयोजक गैसस महासंघ मोरङकी अध्यक्ष विष्णु शर्माले जानकारी दिइन् । विभिन्न सरकारी कार्यालयहरुसँग मिलेर कार्यक्रम सञ्चालन गर्...

विराटनगरमा तेस्रो संस्करणको एम.एम. कप क्रिकेट प्रतियोगिता हुने

विराटनगरमा तेस्रो संस्करणको एम.एम. कप क्रिकेट प्रतियोगिता हुने
विराटनगर । विराटनगरमा तेस्रो संस्करणको एम.एम. कप क्रिकेट प्रतियोगिता हुने भएको छ । एम.एम. कप फाउण्डेशन इनरुवाको आयोजनामा विराटनगर–१९ स्थित बैजनाथपुर क्रिकेट मैदानमा प्रतियोगिता हुन लागेको छ । आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा छ टोलीको सहभागिता रहने एम.एम कप फाउण्डेशनका अध्यक्ष विप्लव घोषले जानकारी दिनुभयो । उनका अनुसार प्रतियोगिता आगामी बैशाख १३ देखि २० गतेसम्म विराटनगर ...

शिक्षक आन्दोलनले काठमाडौंको यातायात अस्तव्यस्त, यात्रु सास्ती खेप्न बाध्य

शिक्षक आन्दोलनले काठमाडौंको यातायात अस्तव्यस्त, यात्रु सास्ती खेप्न बाध्य
काठमाडौं – शिक्षकको सडक आन्दोलनका कारण काठमाडौंको यातायात अस्तव्यस्त बनेको छ । शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकले मुख्य सडक बन्द गराएपछि यातायात सेवा अस्तव्यस्त बनेको हो । शिक्षकहरुले २१ दिनदेखि काठमाडौंको माइतीघर–बबरमहल–नयाँ बानेश्वर सडकमा प्रदर्शन गरिरहेका छन् । नेपाल शिक्षक महासंघले जारी राखेको आन्दोलनका कारण तीनकुनेदेखि माइतीघर क्षेत्रसम्मको यातायात सेवा प्रभावित भएको...

२०८२ साल वैशाख १० गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८२ साल वैशाख १० गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष– स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । व्यापारमा भने कम मात्र फाइदा होला । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । भौतिक साधन जुट्नेछ । आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। वृष– पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ, तर पनि नसोचेको रोगले भने सताउने देखिन्छ । अरूका काममा ...

टोटनहम घरेलु मैदानमा नै पराजित

टोटनहम घरेलु मैदानमा नै पराजित
काठमाडौं, ९ बैशाख । टोटनहम इङ्लिस प्रिमियर लिगमा पुनः पराजित भएको छ ।    सोमवार राती सम्पन्न खेलमा टोटनहम नटिङघम फरेस्टसँग २–१ ले पराजित भएको हो ।   टोटनहम हट्स्पर रंगशालामा पाहुना टोली नटिङघमलाई जित दिलाउन एलिएट एन्डरसन र क्रिस उडले गोल गरेका थिए । टोटनहमका लागि रिचार्लिसनले  मात्र एक गोल फर्काउन सफल भए ।   निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा रिचार्लिसनले गोल गर्दै टोटनहमल...

प्लस टुकाे परिक्षा नराेक्ने बाेर्डकाे निर्णय

प्लस टुकाे परिक्षा नराेक्ने बाेर्डकाे निर्णय
काठमाडौं, ९ बैशाख । कक्षा १२ को परीक्षाबारे निर्णय गर्न बसेकाे परिक्षा बोर्डको बैठकले परिक्षा सञ्चालन गर्ने निर्णय गरेकाे छ ।    शिक्षकहरूको निरन्तर आन्दोलनका कारण कक्षा १२ को परिक्षा अन्यौंलमा परे पछि बिहान बसेकाे बोर्ड बैठकले परिक्षा नराेक्ने निर्णय लिएकाे हाे ।   आजको बैठकले कक्षा १२ को परीक्षा सञ्चालन नराेक्ने निर्णय गरेकाे बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।   शिक...

सर्लाही सीमाबाट बढ्यो टर्किस मकैको तस्करी

सर्लाही सीमाबाट बढ्यो टर्किस मकैको तस्करी
मलंगवा,९ बैशाख ।तेस्रो मुलुकबाट आयात गरेर ल्याइएका सामानहरू पुनः चोर नाका प्रयोग गरी भारत तर्फ तस्करी हुने क्रम रोक्न नसक्दा सर्लाहीको सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ ।   राजस्व चुहावट नियन्त्रण, आपराधिक गतिविधि रोकथाम र सीमा सुरक्षाका लागि खटिनुपर्ने सशस्त्र प्रहरीको उपस्थितिमा नै विदेशी टर्किस मकैजस्ता सामानहरू सर्लाहीको विभिन्न क्षेत्रबाट भारततर्फ त...

भारतका विधुत मन्त्री मनोहरलाल नेपाल आइपुगे

भारतका विधुत मन्त्री मनोहरलाल नेपाल आइपुगे
काठमाडौं, ९ वैशाख । भारतका विद्युत्, आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर आज नेपाल आइपुगेका छन् ।   ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा उनी मङ्गलबार बिहान २ दिने नेपाल भ्रमणका लागि नेपाल आएका हुन ।   विद्युतमन्त्री खट्टरले मङ्गलबार दिउँसो भारत सरकारको सहयोगमा निर्माणसम्पन्न कोशी कोरिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार प्र...