काठमाडौं, २७ जेठ । आज सुनको मुल्यमा गिरावट देखिएको छ। साताको दोस्रो दिन आज सुनको मूल्यमा गिरावट देखिएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य एक सय रूपैयाँले घटेर प्रति तोला एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार एक लाख ९० हजार ७०० रूपैयाँमा कारोबार भएको थियो ।
उता, आज चाँदी तोलामा ५ रुपैयाँले बढेर २ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
 

तपाईको प्रतिक्रिया