पहिलो गल्कोट यात्राको बकपत्र
यात्रामा निस्कनु विभिन्न स्थानको बारेमा जानकारी लिनु,रमणीय स्थानहरुको दृष्यापान गर्नु आहा कति रमाइलो । नयाँ कुरा सिक्ने अवसर उत्तिक्कै प्राप्त हुन्छ । जिन्दगीले एकोहोरोपनावाट मुक्ति पाँउछ । २०५९साल भदौको महिनाको अन्तिम साता अफिसियल कामको लागि बाग्लुँग सदरमुकामदेखि गल्कोट नरेठाँटीसम्मको यात्रा तय गरियो । यो करिव नौ कोस पश्चिमको दुरीमा पर्ने बागलुंग जिल्लाको पुरानो सदरमुकाम एरिया हो ।
प्रकृतिले...













