अभिनेत्री तथा मोडल सुमी मोक्तान विवाह बन्धनमा बाँधिएकी छन् । शुक्रबार काठमाडौंको पाँचतारे होटल सोल्टीमा उनले प्रेमी विवेक रावलसँग विवाह गरेकी हुन् । उनीहरुको अन्तरजातीय विवाह भएको हो । विवेक हिन्दू धर्मालम्बी हुन् भने सुमी बुद्धिस्ट हुन् । विवाह पनि उनीहरुले दुवै धर्मको परम्पराअनुसार गरेका हुन् । बिहेअघि यो जोडी करिब ४ वर्षदेखि प्रेम सम्बन्धमा रहेको थियो ।

डिसेम्बरमा बौद्ध धर्मअनुसार ‘सगुन भेट’ गरेका उनीहरुले गत जनवरीमा मोरिसस पुगेर इन्गेजमेन्ट गरेका थिए । सुमीले एक दर्जन बढी म्यूजिक भिडियोका साथै ‘सरौतो’, ‘झ्यानाकुटी’ लगायतका फिल्ममा अभिनय पनि गरेकी छन् । ‘सरौतो’मा उनको एक्सनको प्रशंसा भएको थियो । डान्समा अब्बल मानिने उनी नेपालको डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स’की विजेता पनि हुन् ।

अभिनयसँगै सुमीले कफी व्यवसायमा समेत हात हालेकी छन् । एभरेस्ट कफीको सिस्टर कम्पनीको रुपमा रहेको ‘एसएम कफी’ नामक कम्पनीमार्फत उनले नेपालमा उत्पादित अर्गानिक कफी विदेशमा निर्यात गर्ने गरेकी छन् । सुमीका श्रीमान् भने व्यवसायी हुन् । ७.५ मेगावाट क्षमताको भुजुङ्ग हाइड्रोको प्रोमोटर तथा डिरेक्टर रहेका विवेकले अन्य क्षेत्रमा पनि ठूलो लगानी गरेका छन् ।

तपाईको प्रतिक्रिया