‘मनका कुरा गरौंला नि यसो मिलाएर’ टिकटक ट्रेन्डिङमा
मनका कुरा गरौंला नि यसो मिलाएर
भोलि दिउँसो भेट्न आऊ है मेसो मिलाएर
टिकटक पछिल्लो समय यस्तो सूचक बनेको छ, जसले दर्शकको रुचि यतिबेला कुन गीत र धुनमा छ भन्ने दर्शाउँछ । अर्जुन पोखरेलद्वारा संगीतबद्ध गीत ‘मेसो मिलाएर’ पछिल्लो समय टिकटकको नेपाल ट्रेन्डिङमा छ । डेढ महिनाअघि युट्युबमा रिलिज भएको यो गीत बल्ल आएर टिकटकमा भाइरल बनिरहेको छ ।
यो गीतको टुक्रा–टुक्रामा अहिलेसम्म ६-७ लाख टिकटक भिडियो बन...













