सन्दीपलाई अदालत लगिँदै, चौथो पटक म्याद थपको तयारी

सन्दीपलाई अदालत लगिँदै, चौथो पटक म्याद थपको तयारी
उमेर नपुगेकी किशोरी बलात्कारको आरोपमा पक्राउ परेका किक्रेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीले चौथो पटक म्याद थपको तयारी गरेको छ । नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा गत दशैंको टीकाको भोलिपल्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनबाट पक्राउ परेका उनलाई पुनः म्याद थपका निम्ति आज काठमाडौं जिल्ला अदालत लैजाने तयारी गरिएको हो । यसअघि कात्तिक २ गते अदालतले चार दिन न्यायिक ...

भएभरका नेपाली सेलिबृटी अमेरिकाको डेनभरमा

भएभरका नेपाली सेलिबृटी अमेरिकाको डेनभरमा
अमेरिकामै घरजम गरेका नेपाली कलाकारहरुको जमघट कोलोराडोको डेनभरमा भएको छ । उनीहरु पाँचौ एभरेष्ट ग्लोबल नेपाली फिल्म फेस्टिभल एण्ड अवार्ड २०२२ मा सहभागी हुन त्यहाँ गएका हुन् । गत शनिवार कोलोराडोमा आयोजित कार्यक्रममा पुराना र नयाँ कलाकारको जमघट भएको आयोजक पक्षले जनाएको छ । कार्यक्रममा सारङ्गा श्रेष्ठलगायतलाई सम्मान र पुरस्कृत गरिएको छ ।

सुपरमोडेल प्रीया रानी लामाको इन्डिया इन्टरनेसनल फेसन शोमा सानदार प्रस्तुत

सुपरमोडेल प्रीया रानी लामाको इन्डिया इन्टरनेसनल फेसन शोमा सानदार प्रस्तुत
नेपाली फेसन र मोडलिङ जगतले अन्तर्राष्ट्रिय परिदृश्यमा विगतको तुलनामा थप प्रभावकारी उपस्थिति दिदै आएकोछ । नेपाली फेसन कोरियोग्राफर, फेसन डिजाइनर, सौन्दर्य प्रतियोगिताका विजेता र रनवे मोडलहरू माथी विश्वको ध्यानाकर्षण हुदै गरेको अवस्था पनि छ। भारतको लखनउमा यही अक्टोबर १५ र १६ तारिख सम्पन्न इन्डिया इन्टरनेसनल फेसन वीक (IIFW) नै यसको एउटा उदाहरण हो जहाँ नेपालका चर्चित रनवे मोडेलहरुको सहभागिता रहेको ...

आज काग तिहार

आज काग तिहार
काठमाडौं, ६ कात्तिक आज कार्तिकृष्णपक्ष त्रयोदशी तिथि अर्थात् आजबाट सनातनीको दोस्रो ठूलो चाड तिहार सुरु भएको छ । आज कागतिहार हो । सूचनाको संवाहक कागलाई पूजा गरेर दिन हो । आजको दिन बिहान हरेक घरमा कागलाई खान दिने चलन रहेको छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो-मीठ...

डा. उपाध्यायका फरक शैलीका १३ गीति कविता र एक पृथक् शैलीमा सिर्जना सार्वजनिक

डा. उपाध्यायका फरक शैलीका १३ गीति कविता र एक पृथक् शैलीमा सिर्जना सार्वजनिक
काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले आफ्ना फरक शैलीका १३ गीति कविता र एक पृथक् शैलीमा सिर्जना सार्वजनिक गर्नुभएको छ । शनिबार राजधानीमा एक पत्रकार सम्मेलन गर्दै डा. उपाध्यायले फरक शैलीका १३ गीति कविता र एक पृथक् शैलीमा सिर्जना सार्वजनिक गर्नुभएको हो । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित विश्वका विभिन्न ११० विधामा यसअघि विश्व रेकर्ड कायम गर्नुभएका गीतकार तथा साहित्यकार उपाध्यायले शनि...

दक्षिण कोरियाले ईपीएस मार्फत १ लाख १० हजार कामदार लिने

दक्षिण कोरियाले ईपीएस मार्फत १ लाख १० हजार कामदार लिने
दक्षिण कोरिया । दक्षिण कोरियाले सन् २०२३ का लागि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत १ लाख १० हजार कामदार कोरिया ल्याउने भएको छ । शुक्रबार बसेको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो । कोरियामा भएको मजदुर अभावलाई कम गर्नका लागि यस वर्ष अघिल्ला वर्षहरुभन्दा झन्डै दोब्बर कामदारलाई ल्याउन लागेको हो । नेपाल, पाकिस्तान, श्रीलंका, बंगलादेश, भियतनाम, फिलिपिन्स, उज्बेकिस्तान, क...

बलिउड अभिनेता सञ्जय दत्तको साउथ मोह

बलिउड अभिनेता सञ्जय दत्तको साउथ मोह
बलिउड अभिनेता सञ्जय दत्त आफ्नो फिल्मलाई लिएर चर्चाको पात्र बनिरहन्छन्। उनले बलिउडसँगै साउथका फिल्ममा पनि अभिनयको कमाल देखाइसकेका छन्। सञ्जय साउथ फिल्म ‘केजीएफ २’ मा महत्वपूर्ण भूमिकामा देखिएका थिए। उनको यो भूमिकालाई दर्शकले निकै मनपराएका थिए। यशको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म बक्सअफिसमा सुपरहिट साबित भएको थियो। सञ्जय अर्को एक कन्नड फिल्ममा अभिनय गर्दैछन्। सञ्जयले बलिउडमा कैयौं हिट फिल्म दि...

प्रतिभाशाली पूर्णिमा, छाेटाे समयमै पाँच सयभन्दा बढी गीत गाउन सफल

प्रतिभाशाली पूर्णिमा, छाेटाे समयमै पाँच सयभन्दा बढी गीत गाउन सफल
काठमाडौं, ५ कात्तिक गायिका पूर्णिमा लामाले अहिलेसम्म पाँंच सयभन्दा बढी गीत गाउन सफल भएकी छिन् । नेपाली सुगम संगीत क्षेत्रकी परिचित गायिका लामा सानै उमेरदेखि गीतसंगीत क्षेत्रमा लाग्दै आएकी छिन् । उनी डेढ दशकदेखि निरन्तर नेपाली गीतसंगीत क्षेत्रमा क्रियाशिल पनि छिन् । नेपाली गीतसंगीत क्षेत्रको चम्किलो ताराको रुपमा स्थापित भइसकेकी गायिका लामा असाधारण क्षमताकी बहुप्रतिभाशाली गायिका समेत हुन् । ...

गायिका जानुका तामाङ्गको ‘अच्छा लिकिन लाहुरे’ उकालो लाग्दै (भिडियो सहित)

गायिका जानुका तामाङ्गको ‘अच्छा लिकिन लाहुरे’ उकालो लाग्दै (भिडियो सहित)
काठमाडौं । केही दिनअघि युट्युबमार्फत सार्वजनिक भएको गायिका जानुका तामाङको ‘अच्छा लिकिन लाहुरे’ नामक गीतले भ्युज बटुल्दै अघि बढेको छ । उक्त गीत गायिका तामाङ र गायक चन्द्र शर्माको स्वर रहेको छ भने खेम सेञ्चुरीले शब्द रचना र संगीत भरेका छन् । निर्देशक शिव बिकको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा राजेश घिमिरेको छायांकन रहेको छ भने मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । उक्त गीतको भिड...

छुटेर गएकी आफ्नी प्रियसीको यादमा ल्याए अमृतले “कुहुकुहु” (भिडियो सहित)

छुटेर गएकी आफ्नी प्रियसीको यादमा ल्याए अमृतले “कुहुकुहु” (भिडियो सहित)
काठमाण्डौ कार्तिक ०५ - स्थायी घर सिन्धुपाल्चोक भएका लोकपिय गायक अमृत आचार्य माइला गुरुले पुनः अर्को गीत सार्बजनिक गरेका छन् । उनि बेशेष गरेर आफ्नै कला संस्कृति र मौलिकतामा बिस्वाश गर्दछन् । अमृतले हाल सम्म थुप्रै गीतहरु सार्बजनिक गरेर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । सोहि कारण पनि उनि नेपाली लोक तथा गीत संगीतका अनुरागीहरु माझ लोकप्रिय छन् । अमृतको पछिल्लो समय सार्बजनिक भएको गीत "...