दयाहाङ र सौगातको ‘२ नम्बरी’लाई उल्लेख्य शो
बडा दशैंको तेस्रो दिन द्वादशीको दिनबाट प्रदर्शन आरम्भ गर्न लागेको दीपेन्द्र लामा निर्देशित फिल्म ‘२ नम्बरी’को मंगलवारबाटै देशभरका मल्टीप्लेक्सहरुमा अग्रिम टिकट बुकिङ खुलिसकेको छ । ‘कबड्डी ४’को सुपरहिट जोडी दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेकाले फिल्मलाई काठमाडौं र मोफसलका अधिकांश मल्टीप्लेक्सहरुले उल्लेख्य शो प्रदान गरेका छन् ।
नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले ...













