लाइसेन्सको पर्खाइमा सात लाख आवेदक
काठमाडौं । यातायात व्यवस्था विभागले सात लाख प्रति सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण गर्न सकिरहेको छैन । सात लाख व्यक्तिले करिब डेढ वर्षदेखि लाइसेन्स कु्रिरहेका छन् तर विभागले भने छपाइकार्ड सकिएको भन्दै हाल छपाइ कार्य नै बन्द गरेको छ । अत्यावश्यकबाहेक हाल छपाइ कार्य नभएको विभागले जनाएको छ ।
छपाइ गर्न बाँकी लाइसेन्सको काम तिहारपछि गरिने भएको छ । यो महिनाभित्रै कार्ड आइसकेपछि बाँकी छप...