त्रिवि केन्द्रीय क्याम्पस अनुसन्धान तथा शैक्षिक सञ्जालमा आवद्घ

त्रिवि केन्द्रीय क्याम्पस अनुसन्धान तथा शैक्षिक सञ्जालमा आवद्घ
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुर विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जालका साथै इडियुरोमको विश्वव्यापी सञ्जालमा जोडिएको छ । विश्वव्यापी अनुन्सधान तथा शैक्षिक सञ्जालमा आवद्घताले केन्द्रीय क्याम्पसका विभिन्न सङ्कायले सञ्चालन गर्दै आएको अनुसन्धानका क्रियाकलापलाई थप सुदृढ गर्न सकिने बताइएको छ । विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा सन् २०१० देखि अनुसन्धान तथा शैक्षिक सञ्जा...

कृषि अनुदान विधेयक पारित

कृषि अनुदान विधेयक पारित
प्रदेश नं १ प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८’ सर्वसम्मतिले पारित भएको छ । सो प्रस्ताव भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगरले सदनमा पेश गर्नुभएको थियो । सो विधेयकमा प्रदेशसभा सदस्यद्वय बुद्धिकुमार राजभण्डारी र विमल कार्कीले संशोधन प्रस्ताव दर्ता गर्नु भएको थियो । संशोधन प्रस्तावको दफावार छलफलमा प्रदेशसभा सदस...

नेप्सेमा कीर्तिमान, बजार पूँजीकरण ४४ खर्ब ३७ अर्ब

नेप्सेमा कीर्तिमान, बजार पूँजीकरण ४४ खर्ब ३७ अर्ब
विकास बैंकको शेयरमा लगानीकर्ताको आकर्षण देखिएपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार हुने साताको अन्तिम दिन आज नेप्से १६.४१ अङ्कले बढेर तीन हजार १७९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.४६ बिन्दुले बढेर ५९१.१६ मा पुगेको छ । कूल २२५ कम्पनीको तीन करोड ६६ लाख आठ हजार ४६१ कित्ता ...

फिफा वरियतामा नेपालको सुधार

फिफा वरियतामा नेपालको सुधार
फिफा वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा)ले आज सार्वजनिक गरेको पुरुष फुटबलको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गर्दै १६८औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७१औँ स्थानमा रहेको थियो । नेपाल दक्षिण एशियाली राष्ट्रको वरियतामा तेस्रो स्थानमा छ । गत मे महिनाको अन्तिममा पछिल्लो पटक फिफाको वरियता सार्वजनिक हुँदा नेपालको अङ्क ९६८ रहेको...

‘शान्ति सुरक्षा कायम राख्न नागरिकको भूमिका महत्वपूर्ण’

‘शान्ति सुरक्षा कायम राख्न नागरिकको भूमिका महत्वपूर्ण’
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शान्ति सुरक्षाका लागि नागरिकको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा आज जिल्ला प्रहरी कार्यालय सुनसरीको नवनिर्मित भवन उद्घाटन गर्दै प्रहरी महानिरीक्षक थापाले नागरिकको सहयोग विना प्रहरी एक्लैले केही गर्न नसक्ने भन्दै सबैको साथ र सहयोग आवश्यक हुन्छ भन्नुभयो । सुरक्षा अभियान प्रहरी र जनताको सहकार्यको परिणाम भएको भन्दै सुरक्षा संवे...

साउन २९ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

साउन २९ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आश्वासन दिएर झुक्याउनेहरूले सताउने छन् । गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही नराम्रो होला । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्...

करोडौं ठगीको आरोपमा शिल्पासँग प्रहरीले गर्यो सोधपुछ

करोडौं ठगीको आरोपमा शिल्पासँग प्रहरीले गर्यो सोधपुछ
एकातिर नायिका शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रा पोर्नोग्राफीको मुद्दामा हिरासतमा छन् । अर्कोतिर, शिल्पामाथि करोडौं ठगीको मुद्दा पनि लागेको छ । लखनउकी एक महिलाले शिल्पा र उनकी आमामाथि करोडौं रकम ठगी गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् । महिलाको उजुरीको आधारमा बुधबार प्रहरी उनको घर जुहु पुगेको छ । मिडियामा सार्वजनिक तस्वीरमा शिल्पाको घर बाहिर केही प्रहरी उभिएका छन् भने प्रहरीको हातम...

गायक रविको भ्वाइसपछिको पहिलो गीत ‘यो मनमा’ चर्चामा, प्रविन र प्रियंकाको अभियको तारिफ (भिडियो सहित)

गायक रविको भ्वाइसपछिको पहिलो गीत ‘यो मनमा’ चर्चामा, प्रविन र प्रियंकाको अभियको तारिफ (भिडियो सहित)
विराटनगर । द भ्वाइस अफ नेपाल सिजन ३ बाट चर्चामा आएका गायक रवि गहतराजको भ्वाइसपछिको पहिलो गीतले राम्रो प्रतिकृया पाएको छ । रविले गाएको पहिलो गीत ‘यो मनमा’ बोलको गीतलाई रिलिज भएको छोटो समयमै ४ लाख बढी दर्शकले युट्युवमा हेरिसकेका छन् । यस गीतमा गायक, संगीतकार तथा मोडल प्रविन राई जिङ्को शब्द तथा संगीत रहेको छ । गायक तथा एरेञ्जर मनोज थापा मगरको एरेञ्ज तथा मिक्सिङ मास्टर रहेको छ । वासबी इन्टरटेन्मेन...

गीतकार पुनम मोथेले नयाँ गीत ‘कुनै समय’ सार्वजनिक

गीतकार पुनम मोथेले नयाँ गीत ‘कुनै समय’ सार्वजनिक
पहिलो मायाको सफलता पछि गीतकार पुनम मोथेले नयाँ गीत 'कुनै समय' सार्वजनिक गरेकी छिन। स्याड भर्सनको सार्वजनिक गीतमा हरि लम्सालको संगीत र राजीना रिमालको स्वर सुन्न सकिन्छ। गीतको एरेन्ज भने सुरज श्रेष्ठले गरेका हुन्। नायिका केकी अधिकारि र सुधिर श्रेष्ठले अभिनय गरेको म्युजिक भिडियोलाइ निकेश खड्काले निर्दशन गरेका हुन्। गीतले प्रेम र बिछोडको कथा उठाएको छ। म्युजिक भिडियोमा बुद्ध थापाको छायांकन ,बिकास...

आठ सञ्चारकर्मीलाई फोनिज अवार्ड

आठ सञ्चारकर्मीलाई फोनिज अवार्ड
काठमाडौं– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आठ जना सञ्चारकर्मीलाई आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार ‘फोनिज अवार्ड’ प्रदान गरेको छ। स्थापना दिवसको अवसरमा फोनिजले बुधबार एक समारोहबीच उक्त अवार्ड वितरण गरिएको हो। इण्डिजिनियस टेलिभिजनका कुमार यात्रु तामाङ, गोरखापत्र दैनिककी आङदावा शेर्पा, जलजला एफएम रोल्पाका मौसम रोका मगर र हाल पोर्चुगलमा रहेका स्वतन्त्र पत्रकार राजकुमार दिक्...