नक्कली प्रचण्डको नाम ले चर्चित कलाकार प्रदिप पाठक को लेखन निर्देसनमा च्वास्स पिरो सिरियल आज बाट कृषी टेलिभिजनमा प्रसारण हुने भएको छ । च्वास्स पिरो सिरियल हास्य व्यंग्य रहेको समसामयिक विषयमा रहने बताए। उक्त सिरियल कृषी टि भि मा हरेक शनिबार बेलुका ८:३० देखि ९ बजे सम्म प्रसारण हुने र पुन प्रसारण आइतबार बिहान ८:३० देखि ९ बजे सम्म प्रसारण हुने बताए । हास्य व्यंग्य सिरियल च्वास्स पिरो मा कलाकार प्रदिप पाठक साथै बसुन्धारा भुसाल, जय नन्द लामा, लक्ष्मी गिरि, सारदा गिरि, लक्ष्मण बस्नेत, बद्री पुडासैनी, धर्मराज भट्टराई, रोसनी सापकोटा, रश्मि भट्ट, संगम भण्डारी, मनराम केसि, राज कुमार शाह, हर्मिता श्रेष्ठ , बालकलाकार मा सौरभ श्रेष्ठ र ग्रेशा समल मगर लगायत दुई दर्जन बढी कलाकारहरुको अभिनय रहने निर्देसक पाठक ले बताए ।

तपाईको प्रतिक्रिया