दोश्रो पटक कोरोना संक्रमणमुक्त भएपछि प्रमोद भन्छन्–‘५ दिनसम्म निकै डर लागेको थियो’
गायक प्रमोद खरेललाई गतबर्ष पनि कोरोना संक्रमण भएको थियो । गतबर्ष भने उनले कोरोनालाई सहजै परास्त गरे । खासै समस्या भएन । उनै, प्रमोदले एक महिना अगाडि मात्र कोरोनाको पहिलो डोज खोप लगाएका थिए । यसैले, पनि यसपटक आफूलाई कोरोना संक्रमण नहोला भन्ने उनलाई लागेको थियो ।
तर, १२ दिन अगाडि उनलाई ज्वरो आयो । ज्वरो आउने र ज्यान दुख्ने हुन थालेपछि प्रमोदलाई कोरोना संक्रमण भयो कि भन्ने शंका लाग्यो । यसपछि परिक...












