कोरोनामा गन्ध गुमाउनेका लागि अनौठो ‘गन्ध तालिम’

कोरोनामा गन्ध गुमाउनेका लागि अनौठो ‘गन्ध तालिम’
एजेन्सी । तेह्र वर्षका साहिल शाह गतवर्ष नोभेम्बरमा कोरोना संक्रमित भएका थिए । त्यसपछि उनलाई कुनै पनि गन्ध आउन छोड्यो । उनका आमाबाबु बच्चाको समस्या समाधानका लागि धेरै तिर दौडिए । महिनौंसम्म साहिलको यो समस्या समाधान भएन । दिक्क मान्दै साहिलको परिवार उनीहरुले एकजनासँग परामर्श लिए जोसँग उनीहरुको कुनै आशा नै थिएन । साहिलका बाबु प्रतीक शाहले एकजना आफन्तको सुझावमा उनले अमेरिकाको न्यूयोर्कको एक गन्ध वि...

रुची र चासो अझै फिल्मप्रति छः सुमिना घिमिरे

रुची र चासो अझै फिल्मप्रति छः  सुमिना घिमिरे
नेपाली चलचित्र क्षेत्रमा एक दशक अगाडि नायिका सुमिना घिमिरेको चर्चा खुबै हुन्थ्यो । चलचित्रमा उनले गरेको अभिनय, अवार्ड शोमा उनले दिएको मन्तव्य होस् या उनले चलचित्रमा दिएको दृश्य नै किन नहोस्, उनले खुबै चर्चा पाइन् । गसिप बजारमा सुमिना खुबै रमाएकी थिइन् । उनले ‘दुलही’ चलचित्रमा नायक राजेश हमालको फ्यान भएर अभिनय गरेपछि चर्चा पाएकी थिइन् । यसपछि, सुमिनाले ‘नाइन ओ क्लक, स्टार, लभ फरेभर, रंग बैजनी’ ल...

रोकिएको ‘द भ्वाइस अफ नेपाल ३’को प्रशारण आउँदो साताबाट हुने

रोकिएको ‘द भ्वाइस अफ नेपाल ३’को प्रशारण आउँदो साताबाट हुने
नेपालकै नम्बर १ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’को प्रशारण आउँदो साताबाट हुने भएको छ । यो शोको प्रशारण २ साताअघि रोकिएको थियो । शोमा सहभागी केही प्रतिस्पर्धी र ३ जना कोचलाई कोरोना संक्रमण भएपछि यो शोको प्रशारण रोकिएको हो । २ साता अगाडि आयोजकले सामाजिक संजालमार्फत कोरोना संक्रमण बढेकाले जोखिम लिन नसकिने भन्दै शोको प्रशारण रोकिएको जानकारी गराएको थियो । तर, कोरोना संक्रमित कोच र प्रतिस्प...

५४ वर्षमा खुलेको माधुरीको सुन्दरता !

५४ वर्षमा खुलेको माधुरीको सुन्दरता !
बलिउड अभिनेत्री तथा ‘धक धक गर्ल’ माधुरी दीक्षित ५४ वर्षकी भइन् । ५० वर्ष पार गरिसक्दा पनि उनको सुन्दरतामा कुनै कमी आएको छैन । उनका फ्यान फलोइङ अझै पनि करोडौंको सङख्यामा छन् । यद्यपि, उनको फिटनेस देख्दा लाग्छ, उनी मात्र ३५ वर्षकी भएकी छिन् । त्यही भएर त माधुरीका दिवाना संसारभर छन् । डान्स क्विनका रूपमा परिचित माधुरीले नृत्य अभ्यास नगर्ने त कुरै भएन । त्यसबाहेक पनि उनी सधैँ योग र जिम गर्छिन्...

लोक गायिका कल्पना दाहालको आज जन्मदिन

लोक गायिका कल्पना दाहालको आज जन्मदिन
चर्चित लोकदोहोरी गायिका कल्पना दाहालको आज जन्म दिन परेको छ । आज परेको शुभ जन्मदिनको उपलक्ष्यमा सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै सञ्जालमा शुभकामनाको ओइरो लागेको छ । चर्चित लोकदोहोरी गायिका कल्पना दाहाल पछिल्लो समय सामाजिक सञ्जाल मा चिनिएकी छिन्। उनले इन्द्रेणी कार्यक्रममा रमेश प्रसाईँसँग गाएको दोहोरी बाट उनी धेरै चिनिएकी हुन् । त्यसपछि कल्पना दाहालको स्वर सबैले मन पराउने ...

कालापत्थरको स्ट्यान्ड अप कमेडी गिनिज बुकमा

कालापत्थरको स्ट्यान्ड अप कमेडी गिनिज बुकमा
स्ट्यान्ड अप कमेडियन समुह ‘नेपग्याजम’ले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्डस्’मा आफ्नो नाम लेखाउन सफल भएको छ । ‘नेपग्याजम’ले सगरमाथाको कालापत्थरमा स्टेण्डअप कमेडी गरेर यो नाम लेखाउन सफल भएको हो । ‘नेपग्याजम’का तर्फबाट उमेशकुमार गौतम (यूकेजी) र लोकमणि त्रिताल (रमेश अंकलको छोरो)ले गत वैशाख २० मा ५ हजार ६ सय ४३ मिटरको उचाईंमा स्ट्यान्ड अप कमेडी प्रस्तुत गरेका थिए । ‘प्रदूषणरहित समाजको परिकल्पना, हर अनुह...

गत सेप्टेम्बरमा इंगेजमेन्ट तोडिएपछि विश्वप्रसिद्ध ‘गायिका’लाई आफू महिला नभएको थाहा भयो

गत सेप्टेम्बरमा इंगेजमेन्ट तोडिएपछि विश्वप्रसिद्ध ‘गायिका’लाई आफू महिला नभएको थाहा भयो
काठमाडौं। विश्वप्रसिद्ध ‘गाविका’ डिमी लोभाटोले आफनो जीवनको बारेमा निकै ठूलो खुलासा गरेका छन् । उनले इन्स्टाग्राममा एक भिडियो शेयर गर्दै आफू नन बाइनरी भएको बताएका छन् । नन बाइनरी भनेको यस्तो लिंग हो जुन महिला पनि होइन र पुरुष पनि होइन । उनले आफ्नो लागि अब तटस्थ सम्बोधन दे वा देम प्रयोग गर्ने पनि बताएका छन् । उनलाई अहिलेसम्म महिला गायिकाको रुपमा चिनिँदै आइएको थियो तर यो खुलासासँगै अब उनलाई महिला वा ...

रहेनन सञ्चार उद्यमी चन्द्र न्यौपाने

रहेनन सञ्चार उद्यमी चन्द्र न्यौपाने
विराटनगर- सफल एवं प्रतिष्ठित सञ्चार उद्यमी चन्द्र न्यौपानेको कोरोना भाइरस सङ्क्रमणका कारण आज बिहान निधन भएको छ । मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत सुनसरीको इटहरी घर भएका ५० वर्षीय न्यौपानेको बिहान ८ः२५ बजेतिर निधन भएको हो । विराटका कोभिड अस्पताल इन्चार्ज सुनील देवका अनुसार कोरोना सङ्क्रमण पुष्टि भएपछि उहाँलाई उपचारका लागि वैशाख २८ गते भर्ना गरिएको थियो । न्यौपानेला...

जेठ १४ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

जेठ १४ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । लाभ पनि प्राप्त होला । बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढ...

मिया खलिफाको टिकटक अकाउन्ट ब्यान

मिया खलिफाको टिकटक अकाउन्ट ब्यान
किस्तान सरकारले मिया खलिफाको ‘टिकटक’ अकाउन्ट ब्यान गरेको छ । पाकिस्तानको टेलिकम्युनिकेशन आथोरिटी (पीटीए)ले सोसल मिडियामा कन्टेन्टलाई सेन्सर गर्ने नयाँ तरिका निकाल्दै मिया खलिफाको टिकटक अकाउन्ट ब्यान गरेको हो । पीटीएले पाकिस्तानमा मिया खलिफाको टिकटक अकाउन्ट ब्यान गर्नुको कारण भने आधिकारिक रुपमा बताएको छैन । पाकिस्तानमा मिया खलिफाको कन्टेन्ट ब्यान भएपछि ट्वीटरमार्फत् पाकिस्तानी फ्यानहरुले पीटीएको...