मुक्तक दिवस सम्पन्न
२०८० माघ १८, काठमाडौँ ।
नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौँले मुक्तक दिवसको अवसर पारेर प्रसिद्ध साहित्यकार सरुभक्त (कास्की) लाई रु. ५१ हजार रुपैयाँको 'भीमदर्शन मुक्तक पुरस्कार' प्रदान गर्यो ।
यसैगरी २०७९ सालभरिमा प्रकाशित नेपाली मुक्तककृतिमध्ये उत्कृष्ट ठहरिएको अनुराधा ढकालको 'आरब्ध'लाई रु. ३१ हजार रुपैयाँसहित 'कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार' प्रदान गरियो ।
दुबै पुरस्कारहरु कार्यक्रमका प...














