बसन्त पराजुली
भरतपुर, माघ १७ गते । लामो समयदेखि साहित्यिक पत्रकारिता गर्दै आउनु भएका मोहन दुवाल सम्मानित हुनुभएको छ । हाम्रो सिर्जना साहित्यिक पत्रिकाले स्थापना गरेको शहीद दशरथ चन्द स्मृति पुरस्कारबाट दुवाल सम्मानित हुनुभएको हो ।

जनमत साहित्यिक मासिकका प्रधानसम्पादक दुवाललाई मङ्गलबार शहीद दिवसका अवसरमा आयोजित कार्यक्रममा १५ हजार नगद राशीसहित प्रमाणपत्रले पुरस्कृत गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमममा हाम्रो सिर्जना साहित्यिक पत्रिकाका सम्पादक डिआर पोख्रेलले सम्मानित व्यक्तिका बारेमा चर्चा गर्नुभएको थियो ।

यसैगरी, प्राध्यापक कपिल अज्ञातले साहित्य र पत्रकारिताबाट दुवालले महत्त्वपूर्ण योगदान पुर्‍याएको बताउनु भयो । कार्यक्रममा सहिद दिवसका सन्दर्भमा रमाकान्त सापकोटाले पनि आफ्नो भनाइ राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया