आयुष र इनुश्रीले जिते स्कूल प्रिन्स एण्ड प्रिन्सेस् मोरङको उपाधि
विराटनगर / मोर्डन एरा स्कूलकी इनुश्री राई र ए–वान क्वालिटी स्कूलका आयुष बास्तोलाले स्कूल प्रिन्स एण्ड प्रिन्सेस् मोरङ २०१९ को उपाधि जितेका छन् ।
विराटनगरमा शनिबार राती सम्पन्न भएको प्रतियोगिताको प्रिन्सेस् तर्फको इनुश्रीले र आयुषले प्रिन्सतर्फको उपाधि जितेका हुन् ।
हाउस अफ मिडिया एण्ड ईन्टरटेन्टमेट विराटनगरको आयोजना भएको उक्त प्रतियोगिताको प्रिन्सेस्तर्फको फस्ट रनरअप सेन्ट मेरी स्कूलकी सदिक्षा क...










