रजनी खत्रीका “अनुभूतिका प्रतिविम्बहरु”
चन्द्रलाल तामाङ
जीवन नदी हो, नदी एक यात्री हुन् । यात्राको क्रममा नदीले धेरै उतार–चढावहरु पार गर्नुपर्ने हुन्छ । नदीले पार गरेको यात्रा कति कठिन वा सरल हुन्छ भन्ने कुरा नदी भएर यात्रा गर्नेले मात्रै अनुभूति गर्न सकिन्छ । यहीँ जीवन यात्रामा भोगेका र देखेका अनागिन्ती अनुभूतिहरुलाई साहित्यको सहारा लिएर कवयित्री रजनी खत्रीले हालै एक कविता संग्रह बजारमा ल्याएकी छन् । नेपाली साहित्यको शसक्त विधा कविता ...














