Flash

अस्ट्रेलियाको सिड्नीमा पहिलो पटक मार्च ३० मा ‘सिड्नी फेशनिस्टा–२०१९’ आयोजना हुने भएको छ ।
एएसएपी ईन्टरटेन्मेन्टले आयोजना गर्न लागेको सिड्नी फेशनिस्टामा चर्चित गायक तथा भ्वाइस अफ नेपालका कोच सनुप पौडेल तथा चर्चित गायिका आश्रा कुँवर मोडेल तथा नृत्याङगना एन्जल श्रेष्ठ, कर्पोरेट क्विनकी विजेता शितल थापा, ड्रेस डिजाइनर सुपी रसाइली लगायतको सहभागिता हुनेछ ।

एएसएपीले यसअघि अष्ट्रेलियामा दुई पटक विभिन्न मनोरञ्जनात्मक तथा सांगीतिक कार्यक्रम र पोखरामा कर्पोरेट कनेक्शन, कर्पोरेट क्विनजस्ता सफल कार्यक्रमको आयोजना गरिसकेकाे छ । मोडेल तथा कोरियोग्राफर अर्चना शर्माले कोरियोग्राफी गर्ने फेशन शोमा विदेशी तथा नेपाली मोडलहरुले नेपालका विभिन्न पहिरनमा र्याम्पवाक गर्ने भएका छन ।

यस्तो कार्यक्रम सिड्नीमा पहिलो पटक हुन लागेको हो । पृथक कार्यक्रमले सिड्नीवासीमा उत्साह छाएको आयोजक एएसएपीका निर्देशक सन्तोष अधिकारीले बताउनुभयो। यसअघि नेपाल लगायत धेरै देशहरुमा सफल कार्यक्रम सन्चालन गरिसकेका प्रख्यात उद्घोषक विवेक खतिवडाले कार्यक्रम संचालन गर्ने भएका छन ।

 

Published date : २०७५-चैत्र-३ ०९:४३

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]