काठमाण्डाै – वरिष्ठ बाल साहित्यकार तथा पत्रकार विनय कसजू स्मृतिग्रन्थ लोकार्पण भएको छ । काठमाण्डौको कमलादीमा रहेको प्रज्ञा प्रतिष्ठानमा आज एक कार्यक्रमकाबीच विनय कसजू स्मृतिग्रन्थ लोकार्पण भएको हो । स्मृतिग्रन्थ विनय कसजू स्मृति प्रतिष्ठानले प्रकाशन गरेको हो ।

कसजूको २०७६ साल मङ्सिर १० गते निधन भएको थियो । उहाँ नेपाली पत्रकारिता क्षेत्रका विशिष्ट व्यक्ति हुनुहुन्थ्यो । ग्रामीण पत्रकारितालाई अघि बढाउन पनि कसजूको ठूलो योगदान छ । उहाँले गाउँले जनजीवनका लागि उपयोगी गाउँले देउराली भित्ते पत्रिकाको प्रकाशन शुरु गर्नुभएको थियो । अहिले पनि पाल्पामा गाउँले देउराली पत्रिका लोकप्रिय रहेको छ ।

बालसाहित्यतर्फ कसजूका एक सय वटाभन्दा धेरै कृति प्रकाशित भएको छ । उहाँका १०० बालकथाहरू, मुसालाई दोसल्ल र माकुरालाई मोजा, बाँसुरी बजाउने भूत, डल्फिनको गीतलगायतका कृति सार्वजनिक छन् ।

तपाईको प्रतिक्रिया