हामी र हाम्राे कृति समाजले वार्षिकोत्सबमा पुस्तक लाेकार्पण साथै सम्मानकाे आयाेजना गर्ने भएकाे छ ।

समाजले आफ्नाे वार्षिकोत्सबकाे अवसरमा नयाँ वर्षकाे शुभकामना आदानप्रदान साथै २५ जना मुक्तककारका २८/२८ वटा मुक्तक सहितकाे पुस्तक लाेकार्पण गर्ने कार्यक्रम रहेकाे समाजका अध्यक्ष मदन नेपालद्वारा जानकारी दिए ।

साथै वर्षभरिका कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, पुस्तक समीक्षक, उद्घाेषक, सहयाेगी पत्रिकाका सम्पादकहरू, सहयाेगी हातहरू र आजीवन सदस्य बन्नु भएका सबैलाई सम्मान-पत्र साथै प्रमाणपत्र प्रदान गरिने पनि जानकारी गराए ।

तपाईको प्रतिक्रिया