नेपाली सुगम संगित , गजल तथा पाश्र्व गायनमा सबैको मन जितेकी चर्चित गायिका अन्जु पन्त केही दिन यता हावाहुरी प्रभावित क्षेत्र बारामा राहतको बाहानामा बाइबल बाड्दै क्रिश्चियन धर्मको प्रचार गरेको भन्दै सामाजिक सञ्जाल निकै तात्यो । उनको सन् २०१८ मा बारामा नै एक स्कुलमा बिद्यार्थीहरुलाई आफनो फाउन्डेसनले शैक्षिक सामाग्री बितरण गरेको तस्बिरलाई दुरुपयोग गर्दे उनीमाथि मिथ्था आरोप खनाईयो । हुन त यसअघि पनि उनलाई यस्ता आरोपहरु नलागेको भने होईन । आफनो तस्बिरको दुरुपयोग गर्दे गाली खुवाएपछि उनले यसबारेमा स्पष्टीकरण दिएकीछिन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
ट्राफिक सचेतनामा महानायक हमाल
काठमाडौं, २१ वैशाख । अभिनेता राजेश हमालको ‘जेब्रा क्रसमा पहिलो प्राथमिकता पैदल यात्रुलाई दिनुपर्छ’ भन्ने एउटा भिडियो अहि...
मुम्बईमाथि कोलकोता २४ रनले विजयी
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्...
डिभीको नतिजा आज आउदै, यसरी सकिन्छ हेर्न
काठमाडौँ । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत ड...
सर्वोत्कृष्ट लोकदोहोरी गायकको अवार्ड गायक राजु ढुङ्गेललाई
काठमाडौं। ‘भारती इन्टरनेशनल म्युजिक अवार्ड २०२४’ मा सर्वोत्कृष्ट लोकदोहोरी गायक जुरीको अवार्ड गायक राजु ढुङ्गेलले प्राप्...
आजको राशिफल : वि.सं. २०८१ वैशाख २२ गते शनिबार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्नेछ । मान–सम्मान बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले...
नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ
काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ...
सामाजिक सञ्जालमा यसबारेमा लेख्दै उनले अब आफुलाई यस्ता आरोपहरु सहने बानी परिसकेको बताएकीछिन् । उनले उक्त तस्बिरको वास्तविकता समेत प्रस्टाउँदै आफुमाथि मिथ्था आरोप लगाएको बताईन् । उनले यस्ता आरोपहरु सहँदै भए पनि समाज सेवाको निरन्तर लागिरहने बताए । उनी लेख्छिन् “मेरा आदरणीय दर्शक श्रोताहरू, मेरा सम्पूर्ण परिवारहरूलाई नमस्ते । ‘अन्जु पन्त फाउण्डेसन’मार्फत् गत डिसेम्बर महिनामा बारा जिल्लामा भएको स्कुलका बालबालिकाहरूलाई स्कुल ब्याग तथा कापीकलम बितरण गर्न बारामा गएको बेलाको फोटो प्रयोग गरेर अहिले बाइबल बाँड्न गएको भनेर ममाथि मिथ्या आरोप लगाउने काम भयो ।
बेलाबेलामा ममाथि यस्ता आरोपहरू लागिरहन्छन् । मलाई सहने बानी परिसकेको छ । म अविचलित समाजसेवामा लागिरहने छु । आँधीहुरी प्रभावित क्षेत्रमा त्रिपाल, झुल, म्याट लगायतका करिब २ लाखको सहयोग तत्काल बारामा पठाउँदै छौँ । बारामै बाढीले घरबारविहीन ३५ परिवारका लागि भवन निर्माण गर्ने कामको तयारी पनि हुँदैछ । सम्पूर्ण सहयोगी तथा शुभचिन्तकहरूमा हार्दिक आभार” ।